Successfully Copied

आकस्मिक गर्भनिरोधक चक्की महिनामा कतिसम्म प्रयोग गर्ने

आकस्मिक रूपमा, कहिलेकाही प्रयोग गर्नका लागि मात्र हो । यो महिनामा यति नै पटक प्रयोग गर्न सकिन्छ भन्ने छैन, तर बारम्बार वा यसको प्रयोग धेरै गर्न थाले आफ्नो शरीरमा हार्मोनसम्बन्धी असन्तुलन सिर्जना हुनसक्छ ।

म २० वर्षीया अविवाहित महिला हुँ । मेरो केटासाथी छ र ऊसँग कहिलेकाहीं यौनसम्पर्क हुने गरेको छ । मैले आकस्मिक गर्भनिरोधक साधन प्रयोग गर्दै आएकी छु । अहिलेसम्म मलाई कुनै समस्या आएको छैन, तर यसरी आकस्मिक गर्भनिरोधक साधन महिनामा कति पटकसम्म प्रयोग गर्न सकिन्छ ? 

                                                                                                       सी.

आकस्मिक गर्भनिरोधक चक्कीमा हार्मोनको मात्रा सामान्य चक्कीभन्दा बढी हुन्छ । त्यसैले यो प्रभावकारी हुन्छ । यद्यपि यो आकस्मिक रूपमा, कहिलेकाही प्रयोग गर्नका लागि मात्र हो । यो महिनामा यति नै पटक प्रयोग गर्न सकिन्छ भन्ने छैन, तर बारम्बार वा यसको प्रयोग धेरै गर्न थाले आफ्नो शरीरमा हार्मोनसम्बन्धी असन्तुलन सिर्जना हुनसक्छ ।

यसले गर्दा महिनावारीमा गडबडी आउनुका साथै यसको प्रभावकारितामा समेत कमी आउँछ । यसरी आकस्मिक गर्भनिरोधक चक्की प्रयोग गर्नुको सट्टा कन्डम वा अन्य साधन (पिल्स, डिपो, कपर टी) प्रयोग गर्नु उपयुक्त हुन्छ । कपर टी लामो समयका लागि भए पनि आफूलाई गर्भ चाहिएको अवस्थामा झिक्न मिल्छ भने यसमा हार्मोन प्रयोग नहुने भएकाले उपयुक्त समेत मानिन्छ ।

 Image