Successfully Copied

डिप्रेशन जितेकी निरु खड्का भन्छिन्, ‘लाइफ इज ब्युटिफुल’

सुरुमा त यो समस्या भएको हो भन्ने थाहै पाउन सकिन ।  पछि चिकित्सकसँग चेकअप गरेपछि थाहा भयो, म डिप्रेशनमा परेकी रहेछु । जव डिप्रेसनले मलाई दुस्ख दिन थाल्यो निकै कहाली लाग्दो जिन्दगी बिताउन वाध्य भए । हरेक पल असाध्यै गाह्रो भो, तर परिवारको

झण्डैं १७ वर्षदेखी नेपाली कला क्षेत्रमा सुनिदै आएको नाम हो, निरु खड्का । विशेषगरी हाँस्यकलाकारीता क्षेत्रमा उनको छुट्टै पहिचान थियो । अभिनयमार्फत दर्शकलाई पेट मिची मिची हाँस्न बाध्य पार्ने उनि जब नेपालमा महाभुकम्प गयो त्यसपछि एकाएक हराइन् । कुनैपनि सांस्कृतीक कार्यक्रममा उपस्थित भइनन् । टेलिभिजनबाट प्रशारण भैरहेको टेलिश्रृखंलामा देखिइनन् । साथीभाइहरुसँग भेटघाट पनि गरिनन् । सामाजिक सन्जालहरुवाट समेत आउट भइन् । दर्शकको मायाँ पाउँदा पाउँदै किन उनि गुमनाम भइन ? रामजी ज्ञवालीसँग भएको छोटो भेटमा उनले रहस्य खोलेकी छिन् ।

कलाकारीता क्षेत्रमा व्याक हुनुभएको हो ?

हो, अव अभिनय गर्न सक्छु भन्ने आँट पलाएको छ । मनमा छुट्टै किसिमको उर्जा मिलेको छ ।

भुकम्पपछि एकाएक हराउनुभयो नी ?

म त्यो बेलासम्म मज्जाले काम गरिरहेकी थिए । केहि समस्या थिएन । कला क्षेत्रवाट नाम, दाम कमाएकै थिए । परिवारको मायाँमा केही कमी थिएन । यद्यपी जव भुकम्पले हल्लायो, मेरो जिन्दगी पनि तहशनहस पारिदियो ।

बास्तवमा के भएको हो, खुलेर बोल्न मिल्छ ?

मिल्छ । भुकम्पको झड्काको कारण म लामो समय डिप्रेशनसँग लडिरहेँ ।

कसरी जित्नुभयो डिप्रेशनलाई ?

मैले डिप्रेशनलाई जितेर यहाँसम्म आउनुमा चिकित्सक, नजिकका साथीभाई र मेरो घरपरिवार हो । उहाँहरुकै कारण मलाई उर्जा मिलेको हो ।

कसरी निको हुनुभयो, सम्झन सक्नुहुन्छ ?

सुरुमा त यो समस्या भएको हो भन्ने थाहै पाउन सकिन ।  पछि चिकित्सकसँग चेकअप गरेपछि थाहा भयो, म डिप्रेशनमा परेकी रहेछु । जव डिप्रेसनले मलाई दुस्ख दिन थाल्यो निकै कहाली लाग्दो जिन्दगी बिताउन वाध्य भए । हरेक पल असाध्यै गाह्रो भो, तर परिवारको हेरचाह र मायाँले निरन्तर चेकअप, औषधि सेवन गरेँ, मेडिटेशन गरेँ । र, विज्ञहरुसँग परामर्श गरेँ । अनि निको भएँ । अहिले त औषधि खान पनि छोडिसकेकी छु ।

डिप्रेसनसँग लड्दै गर्दा कस्तो फिल आउथ्यो ?

जतिबेला पनि नरमाइलो लाग्थ्यो । जिवन के नै हो र ?  किन बाच्नुपर्‍यो ? भन्ने लाग्थ्यो । केहि काममा पनि ध्यान जाँदैनथियो ।  जतिवेला पनि नकारात्मक चिन्तनले मलाई नराम्रोसँग गाँजेको थियो । विगतमा जति रमाइलो गरिरहेकी थिए, आफ्नो जिन्दगी आफैप्रति भार लागिरहेको थियो । जो–कोहिलाई देखेपनि रिस उठ्थ्यो । केहि काम गर्न मन लाग्दैनथियो ।

अहिले पुर्ण रुपमा निको हुनुभयो ?

अहिले एकदम ठिक भएकी छु । औषधि खान छोडिसकें । विगतमा जतिपनि समस्याहरु थिए, सवै समाधान भएको अनुभव गरेकी छु ।

साच्चीकै अहिले जिन्दगीप्रति कस्तो लाग्छ ?

जिन्दगीको एक–एक पलको धेरै माँया लाग्न थालेको छ । हरेक सेकेण्ड महत्वपुर्ण लाग्न थालेको छ । आफुलाई मायाँ गर्ने र मायाँ लाग्ने मानिसहरुसँग समय बिताउन थालेकी छु । जिन्दगी ब्युटिफुल लाग्न थालेको छ । हरेक पल इन्जोए गरिरहेकी छु । र आजभोली जो कसैलाई पनि यहि भन्न सक्छु, - लाईफ इज ब्युटिफुल ।

काममा पुर्ण रुपमा फर्किनुभएको हो ?

अहिले धमाधम मेरीबास्सैको छायाँकनमा ब्यस्त छु । यो श्रृखलामा म विल्कुलै फरक रुपमा देखिएकी छु । त्यसबाहेक महोत्सवहरुमा पनि प्रफमेन्स गरिरहेकी छु । म्युजिक भिडियोमा अभिनय गर्ने र आफै निर्देशन पनि गरिरहेकी छु । निकै ब्यस्त भएकी छु आजभोली ।

घरमा को को हुनुहुन्छ ?

बुबा, आमा, श्रीमान, छोरा अनि छोरी ।

श्रीमानले के गर्नुहुन्छ ?

उहाँ आफ्नै व्यवसायमा व्यस्त हुनुहुन्छ । म त वाहिरको वाहिरै हुने भएकाले खासै सहयोग पनि गर्न पाएकी छैन ।

श्रीमानले कत्तिको मायाँ गर्नुहुन्छ ?

एकदमै धेरै । कति मायाँ गर्नुहुन्छ, भन्नै सक्दिन ।

श्रीमानको कत्तीको सहयोग छ ?

सुरुमा म कलाकारीतामा लाग्दा चित्त नवुझाउने स्वभाविकै थियो । वुझाउन एकदमै गाह्रो भयो । अहिले त उहाँंको एकदमै सहयोग छ । उहाँ मेरो दर्शक, श्रोता, परामर्शदाता, सहयोगी सवैको भुमिका निर्वाह गर्नुभएको छ । उहाँको श्रीमती हुन पाउँदा लक्की फिल हुन्छ ।

तपाई आफै कलाकारिताप्रति कत्तिको खुसी हुनुहुन्छ ?

एकदमै खुसी छु । मैले जे पाइरहेकी छु, यो सबै कलाकारितावाट नै हो ।

हेर्नुहोस् अन्तर्वार्ताको भिडियो:

 Image