Successfully Copied

ज्ञानु राणाका दर्जन गीत प्रस्तुत

हिजोआज देश तथा विदेशमा थुप्रै मेला महोत्सव तथा कन्सर्ट हुने गर्छन् । ति महोत्सवहरुमा पुराना गीत त सुन्न पाईन्छ, तर पुराना पुस्ताका कलाकार भने उति साह्रो देखिदैनन् ।

हिजोआज देश तथा विदेशमा थुप्रै मेला महोत्सव तथा कन्सर्ट हुने गर्छन् । ति महोत्सवहरुमा पुराना गीत त सुन्न पाईन्छ, तर पुराना पुस्ताका कलाकार भने उति साह्रो देखिदैनन् । पुराना पुस्ताका गीतलाई रिमेक गरेर धेरैले मेला महोत्सव तताईरहदा तिनै गीतका मुल स्रष्टा भने ओझेलमा पर्दै गैरहेका छन् । 

एक समय थियो नेपाली गीत/संगीतमा गायिका ज्ञानु राणाको नाम अग्र स्थानमा आउथ्यो । गायक धर्मराज थापाकी छोरी ज्ञानु छोरीहरु घर बाहिर निस्कन मुस्किलको त्यो समय पनि बाबुको हात समाउँदै गायनमा आईन् । एउटी गायककी छोरी हुनुका नाताले पनि उनलाई यताको बाटो सहज भयो । हुन त आफू हिडेकै बाटोमा आफ्ना छोरीहरुलाई सँगै लिएर हिड्न हिचकिचाउँथे ।

उनलाई भने धर्मराज थापाले आफैं रेडियो लिएर आए र गायनको बाटो देखाईदिए । उनले त्यसपश्चात थुप्रै लोकप्रिय गीतहरु गाइन । आज पनि उनका गीत उत्तिकै लोकप्रिय छन् । तर, ज्ञानु राणाहरु उत्ति साह्रो कार्यक्रमहरुमा देखिदैनन् । ज्ञानुका गीतहरुले मञ्च पाए पनि ज्ञानु राणाका पुस्ताहरुले मञ्च पाउँदैनन् । 

पुराना पुस्ताका गीत सुन्दै हुर्किएको पुस्ताले बिर्सदै गएको त्यहि पुस्ता अब क्रमश मञ्चमा देखिदै छ । यो महिना पनि गायिका ज्ञानु राणाले राजधानीको मञ्चमा एक दर्जन बेसी गीत गाईन् । नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा उनलाई गायनमा अहिले चलेका गायक/गायिकाले साथ दिए । ‘अविरल यात्रा’ मा हिडन ट्रेजरले गायिका राणालाई मञ्च दिएको थियो । सर्जकहरूलाई सम्मान गर्ने यो पहलको तेस्रो संस्करणमा राणाका दर्जनभन्दा बढी सदाबहार गीत गुन्जिए ।

उक्त कार्यक्रममा ज्ञानु राणाले १४ वर्षको उमेरमा बुवा धर्मराज थापाको हात समातेर गीत गाउन रेडियो नेपाल छिर्दाको क्षण सम्झना गरिन् । बुवाको सम्मान खातिर उनले धर्मराज थापाको संकलन रहेको ‘चौतारीमा मै बसेँ होला कि’ गीतबाट कार्यक्रमको थालनी गरिन् ।

उनले उक्त मञ्चमा केवल गीत मात्रै गाईनन् । उबेलाको स्मरण गर्दै सुनाईन्  ‘बुवाको पाइलापछ्याउँदै जब मैले गाउन थालेँ, गाउँलेहरू ‘गाइनेकी छोरी गाइने नै बन्न लागी’ भनेर कुरा काट्ने गर्थे ।’ यो बेला पनि उनका पिताले गाउँलेको कुरामा लागेर उनको हात छोडेनन् । उनले पनि आफ्ना पिताको गीति व्यक्तित्वमाथि गर्व गर्न छाडिनन् । फलस्वरुप ज्ञानुको यहाँसम्मको बाटो तय भयो सांगीतिक क्षेत्रमा । 

मञ्चमा आफ्ना गीत लिएर प्रस्तुत भएकी ज्ञानुलाई सरिता शाही, विकासजंग थापा, मिना निरौला, प्राश्ना शाक्य लगायतका गायक गायिकाले गायनमा साथ दिए । उनीहरुले ज्ञानुका ‘मान्छेको माया यहाँ’, ‘च्याङ्बा होइ च्याङ्बा’, ‘कसैले बुझेन मेरा मनको बहलाई’, ‘मेरो लोभी आँखाले..’ लगायतका गीत गाए । कार्यक्रममा आयोजक संस्था हिडन ट्रेजरका अध्यक्ष गोपालसुन्दर लाल कक्षपतीले गायिका ज्ञानु राणालाई सरस्वतीको मूर्ति र एक लाख सहित सम्मान गरे । 

 

 Image