Successfully Copied

पर्यटकीय क्षेत्रमा धिमाल सुन्दरी

मिस धिमालका फाइनलिस्टहरू यतिबेला झापा र मोरङका विभिन्न पर्यटकीय स्थलको अध्ययन र फोटोसुटका लागि त्यस्ता स्थानमा भेटिन थालेका छन् । मिस धिमालमा २६ स्पर्धी यतिबेला बन्द प्रशिक्षणमा छन् ।

मिस धिमालका फाइनलिस्टहरू यतिबेला झापा र मोरङका विभिन्न पर्यटकीय स्थलको अध्ययन र फोटोसुटका लागि त्यस्ता स्थानमा भेटिन थालेका छन् । मिस धिमालमा २६ स्पर्धी यतिबेला बन्द प्रशिक्षणमा छन् ।

धिमाल जातीय विकास केन्द्रको भ्रातृ सङ्गठन धिमाल विद्यार्थी मञ्चद्वारा आयोजित प्रतियोगितामा अल्पसंख्यक धिमाल समुदायभित्र रहेका धिमाल युवतीहरूको प्रतिभा प्रस्फुटन तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले मिस धिमाल प्रतियोगिता सञ्चालन गरिएको कार्यक्रम संयोजक सुनिल धिमाल बताउँछन् ।

प्रतियोगितामा ५० जनाले आवेदन दिएका थिए । अडिसनमा सहभागीमध्ये छनौट गरेका उत्कृष्ट २५ जनालाई यतिबेला प्रशिक्षण दिने काम भैरहेको छ ।  मिस धिमाल विजेताले नगद १ लाख, फस्ट रनर्सअपले ५० हजार, सेकेन्ड रनर्सअपले ३५ हजार रुपैयाँसहित पुरस्कार प्राप्त गर्नेछन् ।

टाइटलतर्फ मिस ट्यालेन्ट, पब्लिक च्वाइस, मिस क्याटवाक, मिस एक्टिभ, मल्टिमिडिया, मिस पर्सनालिटी, मिस फोटोजेनिक शीर्षकमा नगदसहितका पुरस्कार प्राप्त गर्नेछन् । फागुन ७ गते सो प्रतियोगिताको फाइनल हुने छ । 

 Image