Successfully Copied

बर्थिङ सेन्टरमा  प्रसूति गराए पुरस्कार

धौलाकोट बर्थिङ सेन्टरमा प्रसूति गराउन आकर्षण बढोस् भन्ने उद्देश्यले गाउँपालिकाको १० लाख रुपैंयाँ सहयोगमा नयाँ निर्माण गरिएको उक्त सेन्टरमा पहिलोपटक आउनेलाई पाँच हजार, दोस्रो पटक आउनेलाई तीन हजार तथा तेस्रो पटक आउनेलाई दुई हजार रुपैयाँ पुरस्कार दिइने निर्णय गरिएको हो ।

दार्चुलास्थित व्यास गाउँपालिकाले गाउँपालिकामा स्थापित बर्थिङ सेन्टरमा शिशु जन्माए पुरस्कार दिने भएको छ ।

धौलाकोट बर्थिङ सेन्टरमा प्रसूति गराउन आकर्षण बढोस् भन्ने उद्देश्यले गाउँपालिकाको १० लाख रुपैंयाँ सहयोगमा नयाँ निर्माण गरिएको उक्त सेन्टरमा पहिलोपटक आउनेलाई पाँच हजार, दोस्रो पटक आउनेलाई तीन हजार तथा तेस्रो पटक आउनेलाई दुई हजार रुपैयाँ पुरस्कार दिइने निर्णय गरिएको हो ।

बर्थिङ सेन्टरमा आएर शिशु जन्माउन प्रोत्साहन दिन गाउँपालिकाले यो रकम प्रदान गर्ने निर्णय गरेको हो । 

 Image