Successfully Copied

मिस एण्ड मिस्टर नेपाल जुनियर

जिजिभिसा स्टुडियोको आयोजनामा मिस एण्ड मास्टर नेपाल जुनियर नामक सौन्दर्य प्रतियोगिता हालै राजधानीमा सम्पन्न भएको छ ।

जिजिभिसा स्टुडियोको आयोजनामा मिस एण्ड मिस्टर नेपाल जुनियर नामक सौन्दर्य प्रतियोगिता हालै राजधानीमा सम्पन्न भएको छ । जमल स्थित राष्ट्रिय नाचघरको डबलीमा मञ्चन भएको सो प्रतियोगितामा कृष्टिना खड्काले लिटिल मिस नेपाल जुनियरका रुपमा बाजी मारिन् भने हिमांशी बस्नेत र अनुष्का महर्जन क्रमश: फस्ट तथा सेकेन्ड रनर अपका रुपमा चयन भए । 

प्रतियोगितामा प्रसन्न मान प्रधान मास्टर नेपाल जुनियरका रुपमा विजयी बने भने निलिन चित्रकार तथा बिहान बलामीलाई क्रमश: फस्ट तथा सेकेन्ड रनर अप घोषणा गरिएको थियो । 

प्रतियोगितामा सिफाली अधिकारीले मिस नेपाल जुनियरको ताज पहिरिएकी थिइन् भने स्तुति पोख्रेल फस्ट रनर अप तथा अनुष्का लामा सेकेन्ड रनर अपका रुपमा छनौट भएका थिए । 

 Image