Successfully Copied

मनिशालाई द वुमन अन्टरप्रिनर, एक्सिलेन्स अवार्ड

मिसेस् नेपाल युनिभर्स २०१८ मनिषा डंगोल श्रेष्ठलाई ‘द वुमन अन्टरप्रिनर, एक्सिलेन्स अवार्ड २०१९’ नामक अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको छ । हालै दुबईस्थित दुबई क्राउन प्लाजामा सम्पन्न गरिएको ग्लोबल माइलस्टोन अवार्डमा मनिशालाई सो अवार्डबाट पुरस्कृत गरिएको हो । 

ग्लोबल माइलस्टोन अवार्ड काउन्सिलले हरेक वर्ष यो अवार्ड आयोजना गर्दै आएको छ । विभिन्न क्षेत्रमा महत्वपूर्ण उपलब्धी हासिल गर्ने व्यक्तिहरुलाई उनीहरुको उपलब्धी र योगदानको उच्च कदर गर्दै आफ्नो क्षेत्रमा अझ बढी प्रभावकारी रुपमा प्रस्तुत हुन लागि थप प्रोत्साहन प्रदान गरोस् भन्ने हेतुले यो अवार्ड प्रदान गरिने गरेको छ । 

यस अघि मिसेस् युनिभर्सका लागि नेपालको आधिकारिक संस्था ईप्लानेट प्रा.लि.ले मनिशालाई आधिकारिक रुपमा मिसेस् नेपाल युनिभर्स २०१८ को उपाधि प्रदान गरेको थियो । यस पछि उनले सो प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधित्व गरेकी हुन् । 

मिसेस् युनिभर्सको २०१८ को संस्करणमा नेपालको तर्फबाट सहभागिता जनाएकी मनिशा डंगोल श्रेष्ठले प्रतियोगितामा एन्जल हार्ट नामक उपाधि जित्न सफल भएकी थिइन् । लन्डनमा बस्दै आएकी मनिशाले लन्डनमै लन्डन फेसन हाउस संचालन गर्दै आएकी छिन् । 

लन्डन फेसन हाउसको क्रिएटिभ हेड एवं निर्देशक रहेकी मनिशा नेप्लीज् युथ क्लबकी संस्थापक अध्यक्ष, पासा पुच: गुठी युके उपाध्यक्ष रहेकी मनिशाले लन्डन फेसन हाउसको ब्यानरमा मिसेस् नेपाल युके, मिसे टिन नेपाल युके तथा मिस लिटिल नेपाल युकेको आयोजना गर्दै आएकी छिन् ।  

 Image