Successfully Copied

धिमाल सुन्दरीहरू बन्द प्रशिक्षणमा

मिस धिमाल–२०१९ का प्रतियोगीहरूको बन्द प्रशिक्षण प्रारम्भ भएको छ । प्रतियोगिताका लागि छनौट भएका २६ जनालाई एक महिना लामो तालिम प्रदान गरिने कुरा आयोजकहरूले बताएका छन् ।

मिस धिमाल–२०१९ का प्रतियोगीहरूको बन्द प्रशिक्षण प्रारम्भ भएको छ । प्रतियोगिताका लागि छनौट भएका २६ जनालाई एक महिना लामो तालिम प्रदान गरिने कुरा आयोजकहरूले बताएका छन् ।

धिमाल विद्यार्थी मञ्चले आयोजना गरेको यो प्रतियोगितामा काठमाडौं, झापाको दमक, बिर्तामोड, मोरङको उर्लाबारी, विराटनगर, बेलबारी, पथरी, कानेपोखरी तथा सुनसरीको इटहरीका युवतीहरू सहभागी छन् ।

मोरङको उर्लाबारीमा भैरहेको बन्द प्रशिक्षणमा अल्पसंख्यक धिमाल युवतीहरूलाई व्यक्तित्व, नेतृत्व विकास तथा जातीय संस्कार एवं संस्कृतिका सम्बन्धमा जानकारी दिइनेछ । प्रमिशा बज्राचार्यले कोरियोग्राफी गर्ने यो प्रतियोगिताको फिनाले फागुनको पहिलो साता हुने बताइएको छ । 

 Image