Successfully Copied

फुपुलाई होमसिक

जुडोकी स्टार खेलाडी फुपु ल्हामु खत्री यति बेला विवादमा तानिएकी छिन् र त्यसको एउटा प्रमुख कारण हो— होमसिक । केही समयअघिसम्म उनी टोकियो ओलम्पिक्सको तयारीका लागि जापानमा थिइन् ।

जुडोकी स्टार खेलाडी फुपु ल्हामु खत्री यति बेला विवादमा तानिएकी छिन् र त्यसको एउटा प्रमुख कारण हो— होमसिक । केही समयअघिसम्म उनी टोकियो ओलम्पिक्सको तयारीका लागि जापानमा थिइन् ।

दुई वर्षको प्रशिक्षण थियो, तर उनी त्यसलाई बीचमै छाडेर नेपाल फर्किएकी छिन् । उनी यसरी किन फर्किन र यसले के कस्तो प्रभाव पार्नेछ, यसलाई लिएर नेपाल ओलम्पिक कमिटी तथा नेपाल जुडो संघका आ–आफ्नै तर्क छन् ।

फुपुको कुरा सुन्ने हो भने लाग्छ, उनलाई होमसिकले निकै सताएको थियो । एक त भाषाको समस्या, त्यसमाथि विदेशीहरूसँग घुलमिल हुन नचाहने जापानीहरूको स्वभाव । यस्तोमा उनले आफ्नो परिवारको माया गुमाएको अनुभव गरिन् । फुपुकै भाषामा उनी डिप्रेसन हुने स्थितिसम्म पुगेकी थिइन् ।

 Image