Successfully Copied

अभिनेत्रीको निर्देशकमाथि यस्तो आरोप

चलचित्र ‘प्रेमलीला’की अभिनेत्री दिपशिखा खड्काले निर्देशक जनक पाण्डेलाई गम्भिर आरोप लगाएकी छिन् । निर्देशक पाण्डेले आफुलाई धोका दिएको कारण निर्देशक पाण्डेकी श्रीमती बिष्णु चापागाई पाण्डेबाट आफुलाई विभिन्न अपशब्द सहितका म्यासेज आएको र आफुले मानसिक तनाब भोग्नु परेको बताएकी छिन् । 

चलचित्र ‘प्रेमलीला’की अभिनेत्री दिपशिखा खड्काले निर्देशक जनक पाण्डेलाई गम्भिर आरोप लगाएकी छिन् । उनले चलचित्रको आधा छायांकन सकिन लाग्दा चलचित्र छायांकन सेट छोडेर हिडेका निर्देशक पाण्डेले आर्थिक हिनामिना गरेको आरोप लगाएकी हुन् । 

खड्काले सामाजिक संजाल फेसबुकमा स्टाटस पोस्ट गर्दै चलचित्रमा लागानी समेत गर्ने सर्तमा पाण्डे निर्देशक बनेको र छायांकनको समयमा पैसा निकाल्न नसकी आफुसँग लिएको पैसाको समेत हिसाब–किताब देखाउन नसकेर भागेको बताएकी छिन् । 

स्टाटसमा उनले भनेकी छिन्,‘मैले बार–बार फोन सम्पर्क गरे, फेसबुकमा म्यासेज गरे कुनै जवाफ आएन त्यसपछी रिसले गाली गरेर म्यासेज गरे, पुलिस केस गर्ने धम्की दिए तर पनि केही सिप लागेन’ । निर्देशक पाण्डेले आफुलाई धोका दिएको कारण आफुले सुन र गाडी समेत बेच्न परेको गुनासो पोख्दै अभिनेत्री खड्काले निर्देशक पाण्डेकी श्रीमती बिष्णु चापागाई पाण्डेबाट आफुलाई विभिन्न अपशब्द सहितका म्यासेज आएको र आफुले मानसिक तनाब भोग्नु परेको बताएकी छिन् । 

पछिल्लो समय सार्वजनिक चलचित्रसँग सम्बन्धित सामाग्रीहरुमा समेत निर्देशकको नाम हटाईएको छ । ‘जसले चलचित्रको छायांकननै पुरा गरेको छैन उसलाई निर्देशक भनेर मेरो चलचित्रमा राखिरहनुको कुनैऔचित्य छैन त्यसैले मैले नाम हटाएको हुँ’, खड्काले भनिन् । 

निर्देशक पाण्डेका बिरुद्ध आफुले निर्माता संघ र निर्देशक संघमा निवेदन दिएको समेत खड्काले बताइन् । ‘आशा छ म एक महिला भएर नेपाली फिल्म क्षेत्रमा केहि गर्छु भन्ने सोच सहित आएको मान्छेलाई निवेदनको आधारमा सम्बन्धित संस्थाले न्याय दिलाइदिनुहुनेछ’, खड्काले भनिन् । 

 Image