Successfully Copied

मनोबल बलियो हुनुपर्छ जित हाम्रै हो

६ महिनामा १२ साइकल केमो सकेर उनी ७ दिनका लागि भारतमा सद्गुरुको आश्रममा बस्न गइन् । त्यहाँ उनले जीवन बाँच्ने कला तथा यथार्थतालाई नजिकबाट बुझ्न पाइन् । उनी पहिलेदेखि नै सद्गुरुको प्रवचन सुन्थिन् । त्यसपछि ब्रुनाईमा बहिनीकहाँ बस्न गइन् । ब्रुनाईबाट उनी थाइल्यान्ड आइन् । नेपालबाट छोराछोरीका साथ

६ महिनामा १२ साइकल केमो सकेर उनी ७ दिनका लागि भारतमा सद्गुरुको आश्रममा बस्न गइन् । त्यहाँ उनले जीवन बाँच्ने कला तथा यथार्थतालाई नजिकबाट बुझ्न पाइन् । उनी पहिलेदेखि नै सद्गुरुको प्रवचन सुन्थिन् । त्यसपछि ब्रुनाईमा बहिनीकहाँ बस्न गइन् । ब्रुनाईबाट उनी थाइल्यान्ड आइन् । नेपालबाट छोराछोरीका साथ श्रीमान् पनि उतै पुगे । त्यहीँ उनीहरूले नयाँ वर्ष मनाए । 

डली गुरुङ, मोडल

डली गुरुङ अर्थात् प्रतिभा याक्थुम्बा, नेपाली मोडलिङको स्थापित नाम हो । हातका औंलामा गनिने १–२ जना नेपाली मोडल भएको त्यो जमानामा उनी सर्वाधिक चर्चित मोडल थिइन् । ३ सन्तानकी आमा डली १९७४ एडीका गायक निराकार याक्थुम्बाकी श्रीमती हुन् । श्रीमान्का साथमा उनी पनि आफ्नो स्वामीत्वको मोक्ष रेस्टुराँमा व्यस्त थिइन् । काम गर्नुपर्छ, व्यस्त रहनुपर्छ भन्ने मान्यता राख्ने डली आफ्नो ५० औं जन्मदिन मनाउने क्रममा सगरमाथा क्षेत्र घुम्न गएकी थिइन् । समय–समयमा ट्रेक गैरहने डलीका लागि त्यसपटकको ट्रेक निकै कठिन भयो ।

रञ्जोला पास गर्दाको ९ घन्टा उनलाई ९ दिन जस्तो लाग्यो । यद्यपि गर्छु भनेको काम कुनै हालतमा पूरा गर्ने डलीले एभरेस्ट रिजन माउन्टेन चढिन् । फर्केर आउँदा उनी गलेकी थिइन् । त्यसैले साथी डा. मिमीकहाँ देखाउन गइन् । रगत जाँच गर्दा हेमोग्लोबिन, ह्वाइट ब्लड सबै निकै कम देखिए । त्यसपछि उनी श्रीमान्सँग निदान अस्पतालमा डा. नीरज जोशीलाई देखाउन पुगिन् । डा. जोशीले कोलोन (ठूलो आन्द्रा) मा ट्युमर देखिएको छ, त्यसलाई निकालेर फालेपछि ठीक हुन्छ भने । डलीले आफूलाई क्यान्सर भएको अनुमान गरी सोध्दा, डा. जोशीले हो तर केही हुँदैन भनेका थिए ।

त्यतिबेला डली नर्मल थिइन् तर नीराकार पूरै नर्भस । डलीका आमा, मामा, दाइ सबैलाई ४० वर्षकै उमेरमा ठूलो आन्द्राको क्यान्सर भएको थियो । उनी त दंग थिइन्, किनभने उनमा ५० वर्ष टेकेपछि मात्र क्यान्सर देखिएको थियो । घरमा सासू, छोराछोरी सबैलाई आफूलाई क्यान्सर भएको कुरा उनी आफैले बताइन् । घरमा रुवावासी भयो तर उनी नर्मल नै थिइन् । उनलाई निद्रा पनि मज्जाले लाग्थ्यो, उनमा आफूलाई केही हुँदैन भन्ने भरपूर विश्वास थियो ।

अब उपचारका लागि कहाँ जाने, के गर्ने ठूलै समस्या थियो । डा.सुदीप श्रेष्ठ तथा डा. कपेन्द्रलाई भेटेर कुरा गरेपछि डली आफ्नो उपचार आफ्नै देशमा गराउने निर्णयमा पुगिन् र शल्यक्रिया गराइन् । त्यसपछि उनले बाहिरबाट आयुर्वेदिक औषधि तथा सुपर फुडहरू मगाएर खाइन् । उनको एउटै संकल्प थियो, जसरी भए पनि क्यान्सरबाट छुटकारा पाएर अरु क्यान्सर पीडितहरूमा जनचेतना जगाउने । केमो गरेर घर आउँदा उनलाई निकै दुख्थ्यो, कठिन हुन्थ्यो तर उनी मलाई दुख्छ, कठिन छ भनी सुतेर बसिनन् । डली श्रीमान् र छोराछोरीसँग मर्निङ वाक गर्थिन् । उनी सोच्थिन्, यदि सुतेर बसें भने यो रोग मेरो शरीरबाट कसरी भाग्छ ? यो क्यान्सरलाई त जसरी पनि भगाउनु छ । 

६ महिनामा १२ साइकल केमो सकेर उनी ७ दिनका लागि भारतमा सद्गुरुको आश्रममा बस्न गइन् । त्यहाँ उनले जीवन बाँच्ने कला तथा यथार्थतालाई नजिकबाट बुझ्न पाइन् । उनी पहिलेदेखि नै सद्गुरुको प्रवचन सुन्थिन् । त्यसपछि ब्रुनाईमा बहिनीकहाँ बस्न गइन् । ब्रुनाईबाट उनी थाइल्यान्ड आइन् । नेपालबाट छोराछोरीका साथ श्रीमान् पनि उतै पुगे । त्यहीँ उनीहरूले नयाँ वर्ष मनाए । त्यो रमाइलो मौकामा डलीलाई केमोको असरका कारण डिप्रेसन भयो । उनले आफैलाई सम्हालेर डिप्रेसनलाई बेवास्ता गरिन् । उनी डिप्रेसनबाट पनि जोगिन सफल भइन् । उनको एउटा विश्वास थियो । हामीले नकारात्मक सोच्यौं भने परिणाम नकारात्मक भएर जान्छ, सकारात्मक सोच्यौं भने परिणाम पनि सकारात्मक नै हुन्छ । नारीसँगको कुराकानीका क्रममा डलीले भनिन्–रोग मेरो पछि लागेर आए पनि म रोगलाई छोडेर भाग्न सक्छु । यस्तो सकारात्मक सोचकै कारण मैले क्यान्सरसँग लड्न सकें । डली अस्पतालमा निन्याउरो अनुहारमा भेट्न आउने मानिसहरूलाई पनि मन्द मुस्कानका साथ फिर्ता पठाउँथिन् । 

क्यान्सरलाई जितेकी डली पहिलेको तुलनामा अहिले अझ बढी सक्रिय छिन् । मोक्ष रेस्टुराँ उनैले हेर्न थालेकी छिन् भने उनी क्यान्सर पीडितहरूको सेवामा समेत सक्रिय छिन् । डलीको विचारमा कुनै पनि रोग लाग्दैमा आत्तिनु पर्दैन । आफूलाई मानसिक रूपमा बलियो बनाउँदै खानपिनमा सुपरफुड समावेश गर्नुका साथै मेडिटेसन एवं सकारात्मक सोचका बलमा क्यान्सरबाट जित्न सकिने उनको ठहर छ । डली नियमित रूपमा मेडिटेसन गर्नुका साथै सिंगिङ बल बजाएर आफूलाई रिफ्रेस गर्छिन् । 

 Image