Successfully Copied

डा. रोहित सैंजू एपिप्सका उपाध्यक्ष

तिलगंगा आँखा प्रतिष्ठानका निर्देशक डा. रोहित सैंजू एसिया–प्यासिफिक सोसाइटी अफ अप्थ्याल्मिक प्लास्टिक एन्ड रिकन्स्ट्रक्टिभ सर्जरी (एपिप्स) को उपाध्यक्ष निर्वाचित भएका छन् ।

तिलगंगा आँखा प्रतिष्ठानका निर्देशक डा. रोहित सैंजू एसिया–प्यासिफिक सोसाइटी अफ अप्थ्याल्मिक प्लास्टिक एन्ड रिकन्स्ट्रक्टिभ सर्जरी (एपिप्स) को उपाध्यक्ष निर्वाचित भएका छन् । गत महिना हङकङमा सम्पन्न एपिप्सको १० औं बैठकले सैंजूलाई उपाध्यक्ष निर्वाचित गरेको हो ।

डा. सैंजू १८ वर्षदेखि तिलगंगा प्रतिष्ठानमा कन्सल्टेन्ट आँखा चिकित्सकका रूपमा कार्यरत छन् । उनले डेढ दशकदेखि अक्युलोप्लास्टी (आँखाको विशिष्ट विशेषज्ञ) मा केन्द्रित रही सेवा पुर्‍याएका छन् । सन् २००० मा स्थापित एपिप्सले स्थापना कालदेखि नै आँखा रोगको मेजर सब स्पेसलिटीका रूपमा काम गर्दै आएको छ ।

 Image