Successfully Copied

३५ घर बनाउने अभियानमा अन्जु पन्त

‘अन्जु पन्त फाउन्डेसन’ स्थापना गरेर विभिन्न स्थानमा सामाजिक कार्य गर्दै आएकी पन्तले यसपटक भने अब पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका स्थित मोर टोलका दयनीय अवस्थामा रहेका वासिन्दाहरूका लागि ३५ घर बनाउने अभियानमा लागेको बताएकी छिन् । 

गायिका अन्जु पन्तले पर्सामा ३५ घर बनाउने जनाएकी छिन् । ‘अन्जु पन्त फाउन्डेसन’ स्थापना गरेर विभिन्न स्थानमा सामाजिक कार्य गर्दै आएकी पन्तले यसपटक भने अब पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका स्थित मोर टोलका दयनीय अवस्थामा रहेका वासिन्दाहरूका लागि ३५ घर बनाउने अभियानमा लागेको बताएकी छिन् । 

‘अन्जु पन्त फाउन्डेसन’ मार्फत गायिका पन्तले यसैसाता झापा जिल्लामा नेपालकै लोपोन्मुख जातीहरूमध्य गनगाइ, सन्थाल, ताजपुरिया, उराँव र हाडी जातीका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेकी छिन् । उनले झापा गाउँपालिका वडा न ३ गैरी गाउँको नमुना प्रा.वि. स्कुलमा पढ्ने बालबालिकालाई २ थान कम्पुटर र १५० स्कुले बालबालिकालाइ न्यानो कपडा बितरण गरेकी हुन् । 

पछिल्लो समय समाज सेवामा निक्कै सक्रिय गायिका पन्तले पर्सामा निर्माण घोषणा गरेको बस्तीका लागि ‘अन्जु पन्त फाउण्डेसन’को शाखा अमेरिकामा पनि दर्ता गरिएको बताएकी छिन् । गायिका पन्तले आफू विशुद्ध समाजिक सेवामा लाग्दा पनि धर्म प्रचारका लागि परिचालित भएको आरोप लागेको भन्दै दुखेसो पोखेकी छिन् । 

 

 Image