Successfully Copied

बढ्दो उमेर, महिनावारी र बढी रक्तश्राव

यो अवस्थामा शरीरको रगत धेरै जाने भएकाले उपचार आवश्यक हुन्छ । मेनोरेजियाका अनेकौं कारण भएकाले पत्ता लगाउन आवश्यक परीक्षणहरू गराउनुपर्ने हुनसक्छ । हार्मोनको असन्तुलन, पाठेघरको ऐंजेरु (फाइब्राइड), पाठेघरको भित्री तहको खराबी त्यसका लागि जिम्मेवार हुन सक्छन्, धेरैजसो अवस्थामा औषधीको सेवनबाटै यस्तो समस्या निवारण गर्न सकिन्छ । 

म ३० वर्षीया गृहिणी हुँ । मेरा दुई सन्तान छन् । मेरो महिनावारी नियमित छ, तर विगत पाँच महिनादेखि महिनावारीको समयमा बढी रक्तश्राव हुन्छ । महिनावारीमा दैनिक ५–६ वटा प्याड फेर्नुपर्छ । रगत पनि ६–७ दिनसम्म जान्छ । मैले के गर्ने होला ?

                                                                                       जे.

महिना–महिना दिनको अन्तरमा हुने रक्तश्राव नै महिनावारी हो र सामान्यत: यो २१ देखि ३५ दिनको अन्तरमा ३ देखि ५ दिन वा ७ दिनसम्मको हुन्छ । पहिलो दिन कम रगत गए पनि दोस्रो–तेस्रो दिन ८० मिलिग्रामसम्म रगत जान सक्छ, अर्थात् दैनिक ३–४ वटा प्याड फेर्नुपर्ने हुन सक्छ । यद्यपि त्यो अवधिभन्दा बढी दिन वा ८० मिलिग्रामभन्दा बढी रगत गए वा दुवै भएको अवस्थालाई मेनोरेजिया भनिन्छ । 

यो अवस्थामा शरीरको रगत धेरै जाने भएकाले उपचार आवश्यक हुन्छ । मेनोरेजियाका अनेकौं कारण भएकाले पत्ता लगाउन आवश्यक परीक्षणहरू गराउनुपर्ने हुनसक्छ । हार्मोनको असन्तुलन, पाठेघरको ऐंजेरु (फाइब्राइड), पाठेघरको भित्री तहको खराबी त्यसका लागि जिम्मेवार हुन सक्छन्, धेरैजसो अवस्थामा औषधीको सेवनबाटै यस्तो समस्या निवारण गर्न सकिन्छ । 

कुनै–कुनै अवस्थामा वा औषधिले सम्भव नभएको खण्डमा पाठेघरको शल्यक्रियासमेत गर्नुपर्ने हुनसक्छ । यस्तो अवस्थामा झोल तथा पोषिलो खानेकुरा बढी सेवन गर्नुपर्छ । प्रसस्त आइरनयुक्त खानेकुरा तथा फलफूल खानुका साथै जतिसक्दो चाँडो परीक्षण गराउनु होला ।

 

 

 Image