Successfully Copied

मिस शेर्पा दाबुटी

क्याफे मितिनीकी चिफ सुपरभाइचरसमेत रहेकी उनी सगरमाथा आरोहीसमेत हुन् । उनले नेपाली कफीको प्रचार गर्दै गत सिजनमा सगरमाथा आरोहण गरेकी थिइन् । प्रतियोगितामा दावा याङ्जी शेर्पा फोटोजेनिक अवार्ड सहित फस्ट रनर अप भइन् भने निमा ल्हामु शेर्पा सेकेन्ड रनर अप भइन् ।

 

राजधानी शहरको रामहिटीस्थित रामनगर पार्टी प्यालेसमा सम्पन्न भएको शेर्पा समुदायका युवतीहरु लक्षित मिस शेर्पा २०१८ को उपाधि दोलखाकी दाबुटी शेर्पा हात पार्न सफल भएकी छिन् । ट्यालेन्ट अवार्ड पनि जित्न सफल दाबुटीले मिस शेर्पा उपाधि विजेताका रुपमा नगद पुरस्कार तीस हजार तीन सय तेत्तीस रुपैंया पनि प्राप्त गरिन् । यो संगै पनि मिस टुरिजम वल्र्डमा नेपालका तर्फबाट सहभागि हुने भएकी छिन् । 

क्याफे मितिनीकी चिफ सुपरभाइचरसमेत रहेकी उनी सगरमाथा आरोहीसमेत हुन् । उनले नेपाली कफीको प्रचार गर्दै गत सिजनमा सगरमाथा आरोहण गरेकी थिइन् । प्रतियोगितामा दावा याङ्जी शेर्पा फोटोजेनिक अवार्ड सहित फस्ट रनर अप भइन् भने निमा ल्हामु शेर्पा सेकेन्ड रनर अप भइन् । 

मिष्टर शेर्पा २०१८ तर्फ भने सोनम जाङ्बु शेर्पा उपाधि विजेता बने । उनले पुरस्कारका रुपमा तीस हजार तीन सय तेत्तीस रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा पेम्बा शेर्पा फस्ट रनर अप तथा पासाङ शेर्पा सेकेन्ड रनर अप चयन गरिएका थिए । प्रतियोगिता दिपास इन्टरनेसनलको आयोजनामा कला सुब्बाको कोरियोग्राफीमा सम्पन्न भएको थियो । 

 Image