Successfully Copied

टुँडिखेलमा स्वस्तिमाको नाच

क्त कार्यक्रममा अभिनेत्री स्वस्तिमा खड्काले ‘कुटुमा कुटु’, ‘गैरी खेतको सिरै हान्यो’, ‘नाच फिरिरी’ आदि गीतमा नृत्य प्रस्तुत गरिन् । करिब ५ हजार दर्शकको उपस्थिति रहेको उक्त कार्यक्रममा स्वस्तिमासँगै गायक सुगम पोखरेल, आशिष राना ‘लाउरे’, स्वप्न सुमन, डिजे सुरेन, डिजे कुइन् आदिले विशेष प्रस्तुति

रग्बी वल्र्डकप टुर– नेपाल ‘रग्बी फेस्टिभल तथा लाइभ म्युजिक’ कार्यक्रम सम्पन्न भएको छ । नेपाल रग्बी एसोसिएसनले फेम नेपालसँगको सहकार्यमा काठमाडौँस्थित टुँडिखेलमा सञ्चालन गरेको उक्त कार्यक्रममा रग्बी खेलसँगै विभिन्न सांगीतिक प्रस्तुति समेटिएको थियो । 

उक्त कार्यक्रममा अभिनेत्री स्वस्तिमा खड्काले ‘कुटुमा कुटु’, ‘गैरी खेतको सिरै हान्यो’, ‘नाच फिरिरी’ आदि गीतमा नृत्य प्रस्तुत गरिन् । करिब ५ हजार दर्शकको उपस्थिति रहेको उक्त कार्यक्रममा स्वस्तिमासँगै गायक सुगम पोखरेल, आशिष राना ‘लाउरे’, स्वप्न सुमन, डिजे सुरेन, डिजे कुइन् आदिले विशेष प्रस्तुति दिएका थिए । 

बेली डान्सर बिनु शाक्यले बेली डान्स प्रस्तुत गरेको उक्त कार्यक्रममा वल्र्ड रग्बीको ट्रफी सार्वजनिक गरिएको थियो । शुभेच्छा खड्का र रबिन तमाङले सञ्चालन गरेको यो कार्यक्रम बिहान १० बजेदेखि साँझ ७ बजेसम्म चलेको थियो ।

 Image