Successfully Copied

मिसेस् युनिभर्समा मनिशा जितिन् एन्जल हार्ट अवार्ड

फिलिपिन्सको सिबु शहरस्थित वाटरफ्रन्ट होटलमा गत डिसेम्बर १० तारिखमा सम्पन्न भएको विवाहिता महिलाहरुको अन्तर्राष्ट्रिय सौन्दर्य मिसेस् युनिभर्सको २०१८ को संस्करणमा नेपालको तर्फबाट सहभागिता जनाएकी मनिशा डंगोल श्रेष्ठलाई सफलता प्राप्त भएको छ ।

फिलिपिन्सको सिबु शहरस्थित वाटरफ्रन्ट होटलमा गत डिसेम्बर १० तारिखमा सम्पन्न भएको विवाहिता महिलाहरुको अन्तर्राष्ट्रिय सौन्दर्य मिसेस् युनिभर्सको २०१८ को संस्करणमा नेपालको तर्फबाट सहभागिता जनाएकी मनिशा डंगोल श्रेष्ठलाई सफलता प्राप्त भएको छ । प्रतियोगितामा उनले एन्जल हार्ट नामक उपाधि जित्न सफल भएकी हुन् । विश्वका ९० भन्दा बढी मुलुकका मिसेस् सुन्दरीहरुको सहभागिता रहेको सो प्रतियोगितामा मिसेस् मोना मिसेस् युनिभर्स २०१८ को ताज पहिरिन सफल भइन् । 

मिसेस् युनिभर्सका लागि नेपालको आधिकारिक संस्था ईप्लानेट प्रा.लि.ले मनिशालाई आधिकारिक रुपमा मिसेस् नेपाल युनिभर्स २०१८ को उपाधि प्रदान गरेपछि उनले सो प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधित्व गरेकी हुन् । मिसेस् युनिभर्स २०१८ मा सहभागि हुन जानुपूर्व मनिशाले कोरियोग्राफर रोजिन शाक्यबाट अन्तर्राष्ट्रिय प्रतियोगिता सम्बन्धि अभिमुखिकरण र प्रशिक्षण प्राप्त गरेकी हुन् ।  

आफूलाई फिलान्थ्रोपिष्ट भन्न रुचाउने मनिशा डंगोल श्रेष्ठ दुई सन्तानकी आमा हुन् र विगत एक दशक भन्दा लामो समय देखि उनी विशेषत: विभिन्न तरिका र प्रक्रियाबाट महिला सशक्तिकरणमा संलग्न हुँदै आएकी छिन् । लन्डनमा बस्दै आएकी मनिशाले  लन्डनमै लन्डन फेसन हाउस संचालन गर्दै आएकी छिन् । 

उनले सो फेसन हाउस मार्फत् नेपाली फेसन, कला संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा पनि विस्तारित गर्न सक्रिय भूमिका निर्वाह गर्दै आइरहेकी छिन् । लन्डन फेसन हाउसको क्रिएटिभ हेड एवं निर्देशक रहेकी मनिशा नेप्लीज् युथ क्लबकी संस्थापक अध्यक्ष, पासा पुच: गुठी युके उपाध्यक्ष रहेकी मनिशाले लन्डन फेसन हाउसको ब्यानरमा मिसेस् नेपाल युके, मिसे टिन नेपाल युके तथा मिस लिटिल नेपाल युकेको आयोजना गर्दै आएकी छिन् । 

 Image