Successfully Copied

मलेसियामा मैथिली थिम

तीन दिन चलेको उक्त फेसन विकमा नेपालसहित अमेरिका, भारत, मलेसिया, भियतनाम, फिलिन्स आदि देशका फेसन डिजाइनरहरू सहभागी थिए । मिथिला कल्चर झल्कने गरी डिजाइन गरिएका देवका १२ वटा पहिरन फेसन शोमा प्रदर्शन गरिएका थिए ।

मलेसियामा सम्पन्न इन्टरनेसनल इपो फेसन विक सिजन–२ मा नेपालबाट युवा फेसन डिजाइनर तथा मोडल प्रेम देवले मिथिला कल्चरलाई मोर्डन थिम दिएर तयार पारेका पहिरन प्रदर्शन गरेका छन् । तीन दिन चलेको उक्त फेसन विकमा नेपालसहित अमेरिका, भारत, मलेसिया, भियतनाम, फिलिन्स आदि देशका फेसन डिजाइनरहरू सहभागी थिए ।

मिथिला कल्चर झल्कने गरी डिजाइन गरिएका देवका १२ वटा पहिरन फेसन शोमा प्रदर्शन गरिएका थिए । मलेसियामा सञ्चालित उक्त विकको मुख्य उद्देश्य मलेसियाको एक हस्पिटललाई सहयोग गर्नु थियो । उक्त कार्यक्रममा सहभागिता जनाउन फेसन महासंघ, नेपालले देवको छनौट गरेको हो ।

 Image