Successfully Copied

धनमाया बनिन् ‘पाल्पा लोक आइडल’

निस्दी गाउँपालिका–७ ज्यामिरे सिन्दुरेकी धनमाया दिसुवा जिल्लाकै सर्वाधिक राशी पुरस्कार भएको ‘पाल्पा लोक आइडल’ बन्न सफल भएकी छिन् । आयोजक श्रीनगर सामुदायिक टेलिभिजनले राखेको ग्रान्ड फिनालेबाट आइडल बनेकी उनले नगद १ लाख पुरस्कार जितेकी छिन् ।

 

निस्दी गाउँपालिका–७ ज्यामिरे सिन्दुरेकी धनमाया दिसुवा जिल्लाकै सर्वाधिक राशी पुरस्कार भएको ‘पाल्पा लोक आइडल’ बन्न सफल भएकी छिन् । आयोजक श्रीनगर सामुदायिक टेलिभिजनले राखेको ग्रान्ड फिनालेबाट आइडल बनेकी उनले नगद १ लाख पुरस्कार जितेकी छिन् ।

‘झ्याउरे भाका मलाई खुबै मनपर्छ,’ उनले भनिन्, ‘यस्तै भाकाको गीतले नै मलाई आइडल बनायो ।’ फाइनल स्पर्धामा पनि उनले, झल्को आउँछ माया त्यो आँधी खोलाको डाँडै बसी मायाले बोलाको.... र लम्जुङ् दुर्लुङकोट.... गरी दुई गीत गाइन् । ‘मैले पाएको नगद पुरस्कारले तत्कालै गीत रेकर्ड गर्नेछु,’ उनले भनिन्, ‘म्यूजिक भिडियो श्रीनगर टेलिभिजनले नि:शुल्क बनाइदिने घोषणा गरेको छ ।’ सानैदेखि गीत, संगीतमा ध्यान दिने उनले गाउँ नजिकैकै क्याम्पसमा बिएड तेस्रो वर्षमा अध्ययन गर्छिन् । पाल्पाली लोकभाकाका साथै मगरी समुदायमा ख्याती पाएको झ्याउरे भाका मन पर्ने बताइन् ।

‘मेरो अथक मिहेनत र परिश्रमले मलाई आइडल बन्न सघाएको हो,’ उनले भनिन् । स्वरकी धनी उनले गीत गाएर सबैलाई लोभ्याइन् । टेलिभिजनले अघिल्लो वर्षको पुस १५ गतेदेखि अडिसन सुरु गरेको थियो । जिल्लाका सबै पालिकामा अडिसन गरेर अन्तिम ५ छनोट भएको टेलिभिजनका प्रबन्धक विष्णुप्रसाद घिमिरेले बताए । आइडलको फस्ट रनरअप रम्भा गाउापालिकका कमल नेपाली र सोही पालिकाबाटै सेकेण्ड रनरअपमा ओमप्रकाश सिंजाली बनेका छन् । बगनासकाली गाउापालिकाकी नैना परियार र रामपुर नगरपालिकाका दिलिप मानन्धर उत्कृष्ठ पाँचमा थिए ।

आइडल बनेकी दिसुवालाई प्रदेश सांसद डा. पुरनमान बज्राचार्यले नगद पुरस्करा र प्रमाणपत्र प्रदान गरे । ‘लोकसंस्कृति झल्किने र संस्कृति जगेर्नामा यो कार्यक्रमले धेरै फाइदा पुग्नेछ,’ उनले भने । आइडलको अडिसन राउण्डमा २ सय २३ जना सहभागीता भए । अडिसनबाट १ सय ३८ प्रतिस्पर्धिहरु छनोट भएका हुन् ।

कार्यक्रम संयोजक नारायण न्यौपानेले स्थानीयता, जातीय विश्वास, आस्था, प्रचलन, पेशागत काम झल्किने गरी ‘पाल्पा लोक आइडल’ घोषणा भएको बताए । प्रकृतिको चित्रण, जैविक विशेषता, स्थानीय जातिका भाषा र मूल्यमान्यता झल्किने भएको लोक संस्कृति जगेर्नामासहयोग गर्दै आएको कार्यवाहक अध्यक्ष कमलराज तिमिल्सिनाले बताए ।

 Image