Successfully Copied

लाभदायक बदाम

यसको नियमित सेवनले शरीरमा रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्नुका साथै विभिन्न रोग लाग्नबाट जोगाउँछ । यसको सेवनले दुब्ला मानिस तथा बालबालिकाको तौल बढाउन सहयोग पुर्‍याउँछ ।

जाडो मौसममा घाममा बसेर बदाम खानुको मज्जा बेग्लै हुन्छ । बदामले शक्ति बढाउनुका साथै पाचन प्रक्रिया पनि सन्तुलित बनाउन सहयोग गर्छ । यसमा प्रशस्त मात्रामा फाइबर हुने भएकाले लाभदायक हुन्छ ।

यसको नियमित सेवनले शरीरमा रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्नुका साथै विभिन्न रोग लाग्नबाट जोगाउँछ । यसको सेवनले दुब्ला मानिस तथा बालबालिकाको तौल बढाउन सहयोग पुर्‍याउँछ ।

बदाममा प्रशस्त मात्रामा भिटामिन, प्रोटिन तथा चिल्लो खनिज पदार्थ प्रशस्त मात्रामा पाइने भएकाले शरीर स्वस्थ तथा बलियो राख्छ । यसको नियमित सेवनले हड्डी बलियो हुन्छ भने मस्तिष्कमा क्याल्सियम पुग्ने भएकाले डिप्रेसनको खतरासमेत कम हुने बताइन्छ ।

 Image