Successfully Copied

पत्रकार कुँवरलाई एनपीस अवार्ड

महिला पत्रकार लोग्शरी कुँवर यस वर्षको ‘एनपीस अवार्ड’ जित्न सफल भएकी छिन् । महिला खबर डटकमकी सम्पादक समेत रहेकी कुँवरले एनपीस अवार्डको ‘अनटोल्ड स्टोरी’ (नभनिएको कथा) अवार्ड जितेको यूएनडीपीको एनपीस नेटवर्कले जनाएको छ ।

१५ वर्षदेखि पत्रकारितामा सक्रिय कुँवरका साथमा यो अवार्डका लागि नेपालबाट ४ जना मनोनित भएका थिए । एनपीस नेटवर्कले दिगो शान्ति स्थापना र विभेदरहित समाज निर्माणका लागि सकारात्मक भूमिका निर्वाह गरेको भन्दै कुँवरलाई अवार्ड दिने निर्णय गरेको वेवसाइटमा उल्लेख गरेको छ ।

कुँवर लैंगिक हिंसा, कुरीति, अन्धविश्वास विरुद्ध सशक्त कलम चलाउँदै आएकी छन् । २०६० सालमा कैलाली जिल्लाको धनगढीबाट प्रकाशित हुने हाम्रो सेती साप्ताहिकको समाचारदाताबाट पत्रकारिता शुरु गरेकी कुँवर सामाजिक अभियन्ताको रुपमा समेत परिचित छन् ।

२०६४ सालदेखि धनगढीबाट मर्निङ् बेल नेपाली दैनिक पत्रिकाको प्रकाशन सम्पादन गर्दै आएकी उनी एक वर्षदेखि महिला खबर अनलाइनको सम्पादकका रुपमा कार्यरत छन् ।

 Image