Successfully Copied

ब्रसले मेकअप सहज

पाउडरलाई हात वा स्पञ्जले लगाउनुहुँदैन । पाउडर लगाउन छुट्टै पाउडर ब्रस प्रयोग गर्नुपर्छ । पाउडर लगाउन मोटो र बाक्लो ब्रसको आवश्यकता हुन्छ जसले पूरै अनुहारमा एकैपटक पाउडर लगाउन सकिन्छ । यसका लागि पहिले पाउडरलाई अनुहारमा लगाउने र ब्रसले राम्रोसँग मिक्स गरेर फैलाउँदै जाने

मेकअप एउटा कला हो । त्यसका लागि मेकअपको ज्ञान, कला एवं धैर्यका साथमा विभिन्न सामग्रीको सही जानकारी हुनुपर्छ । त्यसमा पनि अहिलेको मेकअपको हरेक स्टेप ब्रसले सम्पन्न गर्छ । पहिले जस्तो हात तथा स्पञ्जले मेकअप गर्ने जमाना पुरानो भैसकेको छ । त्यसैले मेकअपका हरेक स्टेपमा प्रयोग गरिने ब्रसको जानकारी हुनु पनि उत्तिकै आवश्यक छ । अलग–अलग तरिकाको मेकअपका लागि अलग–अलग प्रकारको ब्रसको आवश्यकता हुन्छ । आइलाइनरका लागि अलग किसिमको ब्रस हुन्छ भने लिपका लागि अलग, फाउन्डेसनका लागि छुट्टै, ब्लसका लागि भिन्दै । अलग–अलग ब्रसको जानकारी छैन र एउटै ब्रसले पूरै मेकअप गर्ने हो भने मेकअप त्यति राम्रो हुँदैन ।

अलग–अलग ब्रस

आइस्याडो, आइब्रोज, आइलाइनर, मस्कारा, ब्रस, फाउन्डेसन, लिप आदि । मेकअप फाउन्डेसनबाट सुरु गर्न सकिन्छ ।

फाउन्डेसन ब्रस

फाउन्डेसन लगाउँदा कसैले ब्रस प्रयोग गर्छन् भने कसैले पुरानै तरिकाले स्पञ्ज प्रयोग गर्छन् । यद्यपि सही तरिका भने ब्रस प्रयोग गर्नु नै हो । ब्रसले फाउन्डेसन पूरै अनुहारमा समान किसिमले एप्लाई हुन्छ भने नेचुरल लुक्स पनि आउँछ । फाउन्डेसन ब्रस पनि धेरै किसिमका हुन्छन् । यद्यपि फ्लेट टप फाउन्डेसन ब्रस, स्टि पलिङ ब्रस तथा राउन्ड टप ब्रसको प्रयोग उपयुक्त हुन्छ ।

कन्सिलर ब्रस

फाउन्डेसनपछि कन्सिलर लगाइन्छ । यसले आँखामुनिको कालो धब्बा तथा अनुहारका दाग लुकाउन सहयोग गर्छ । यो ब्रसको प्रयोग सही ढंगले समातेर गर्नुपर्छ ।

बिग पाउडर ब्रस

पाउडरलाई हात वा स्पञ्जले लगाउनुहुँदैन । पाउडर लगाउन छुट्टै पाउडर ब्रस प्रयोग गर्नुपर्छ । पाउडर लगाउन मोटो र बाक्लो ब्रसको आवश्यकता हुन्छ जसले पूरै अनुहारमा एकैपटक पाउडर लगाउन सकिन्छ । यसका लागि पहिले पाउडरलाई अनुहारमा लगाउने र ब्रसले राम्रोसँग मिक्स गरेर फैलाउँदै जाने ।

ब्लसर ब्रस

पाउडर लगाएपछि गालामा ब्लसर लगाउनुपर्छ । ब्लसर ब्रसको सहायताले गालामा दल्नुपर्छ । यो ब्रस ठूलो वा धेरै सानो हुनुहुँदैन । सजिलै गालामा प्रयोग गर्न सकिने, गोलो, बाक्लो, बलियो तथा लामो ह्यान्डल भएको ब्रस उपयुक्त हुन्छ ।

आइस्याडो ब्रस

आइस्याडो लगाउन नरम ब्रस प्रयोग गर्नुहुँदैन । नरम ब्रसले आइस्याडोको रंग राम्रोसँग लाग्दैन । आइस्याडो राम्रोसँग लगाउने हो भने दुई किसिमको ब्रसको आवश्यकता पर्छ । एउटा चौडा आकारको जसले आँखीभौंको हड्डीसम्म स्याडो लगाउन सकिन्छ र अर्काे पातलो, सानो ब्रस । यसले आइलिडमा रंग लगाउन सकिन्छ । सानो ब्रस आँखामा आइस्याडो लगाउने सबैभन्दा राम्रो ब्रस मानिन्छ । यसको प्रयोग गरी आइस्याडो लगाउँदा आँखा सुन्दर देखिन्छ ।

आइलाइनर ब्रस

आइलाइनर लगाउन पेन्सिल गाजलको प्रयोगको तुलनामा आइलाइनर ब्रस प्रभावकारी हुन्छ । यो ब्रस पातलो हुन्छ र यसले आँखाको रेखा सफासँग कोरिन्छ ।

मस्कारा ब्रस

आइलाइनरपछि मस्कारा लगाउनुपर्छ । मस्काराका लागि स्पाइरल आकारको ब्रस उपलब्ध छ जुन सिसीभित्र राखिएको हुन्छ । मस्कारा किन्दा ब्रस छ–छैन राम्रोसँग चेक गर्नुपर्छ । मस्कारा ब्रस बलियो हुनुपर्छ ।

लिपिस्टिक ब्रस

लिपिस्टिक लगाउँदा लिपिस्टिक ब्रस प्रयोग गरे आकर्षक एवं मिलेको देखिन्छ । मेकअप आर्टिस्टहरूले मेकअप गर्दा ब्रसले नै लिपिस्टिक लगाइदिने हुँदा लिप आकर्षक देखिएको हो । ब्रसले लिपको आउटलाइनर बनाई भित्र ब्रसले लिपिस्टिक लगाइन्छ । लिप ब्रसको सहायताले आँखामुनिको भाग वा दाग–धब्बामा कन्सिलरसमेत लगाउन सकिन्छ । 

                                                          टुलिप ब्युटि सलुन, पिपुल्स प्लाजा

 Image