Successfully Copied

जेल नेल एक्सटेन्सन

महिलाहरूको प्रिय अङ्गमा नङ पनि पर्छ । यद्यपि विभिन्न कारणले नङलाई आफूले चाहेजस्तो लामो बनाउन सकिँदैन । जेल नेलले यो समस्या समाधान गर्छ । नङ टोक्ने बानी भएकाहरूको त्यो बानी पनि हट्छ । एक त आफ्नो पैसा परेको हुँदा लोभले पनि टोकिँदैन र

मीनाकुमारी रिमाल, जेल नेल टेक्निसियन, सेरोमनी ब्युटिपार्लर, जाउलाखेल

भर्खरै तपाईं जेल नेल एक्सटेन्सनको तेस्रो लेबल सकेर आउनुभएको छ, त्यहाँको अनुभव कस्तो रह्यो ?

अन्तर्राष्ट्रिय सर्टिफाइ भएको जेल नेल एक्सटेन्सनको तेस्रो लेबल सक्दासम्म पार्लर एवं नेलको काम गर्दा हाइजनिकमा कति ध्यान दिनुपर्छ भन्ने अनुभव भयो । त्यसैले मैले बेलायतबाट फर्केर आएपछि आफ्नो पार्लरको डिजाइनदेखि वातावरणसम्म हाइजेनिक बनाएँ । त्यहाँ सफाइ, हाइजिन तथा सेवालाई सर्वाधिक महत्व दिइन्छ ।

जेल नेल एक्सटेन्सन कस्तो हुन्छ ?

म यसलाई नेलको परमानेन्ट सोलुसन भन्न रुचाउँछु । कसैको नङ नराम्रो छ वा भाँचिरहने समस्या छ वा नङको स्याहार गर्ने समय छैन भने जेल नेल एउटा समाधान हो । यसबाट जस्तै लामो नङ पनि राख्न सकिन्छ । यसका लागि नङ पालिरहनुपर्छ भन्ने छैन । तुरुन्तै आफूले चाहेको आकारमा नङ बन्छ ।

एक्रेलिक र जेल नेलमा के फरक छ ?

एक्रेलिक ६–६ महिनाको ग्यापमा मात्र गर्नुपर्छ । जेल नेलका लागि कुनै पनि समय ग्यापको आवश्यकता छैन ।

 

यसका फाइदा के–कस्ता छन् ?

महिलाहरूको प्रिय अङ्गमा नङ पनि पर्छ । यद्यपि विभिन्न कारणले नङलाई आफूले चाहेजस्तो लामो बनाउन सकिँदैन । जेल नेलले यो समस्या समाधान गर्छ । नङ टोक्ने बानी भएकाहरूको त्यो बानी पनि हट्छ । एक त आफ्नो पैसा परेको हुँदा लोभले पनि टोकिँदैन र टोकिहाले पनि नङमा कुनै क्षति पुग्दैन । यो नेलले स्मार्ट देखाउँदै पर्सनालिटी बढाउन सहयोग गर्छ ।

यसको प्रयोगमा सरसफाइको कत्तिको जरुरत हुन्छ ?

धेरै रोग नङकै कारण सर्छन् । यसका लागि हाइजिन एकदमै मेन्टेन गर्नुपर्छ । कसैमा फंगल्स इन्फेक्सन छ भने ३ महिनापछि मात्र थाहा हुन्छ । त्यसैले कसको हातमा इन्फेक्सन छ थाहा हुँदैन । त्यसका लागि प्रत्येक उपकरणलाई डिजनिफिकेसन गरेर चलाउनुपर्छ । मैले यहाँ सबै अमेरिकाबाट भारत आएका सामग्री मात्र प्रयोग गरिरहेकी छु ।

जेल नेल लगाएपछि कत्तिको केयर गर्नुपर्छ ?

नेल बढ्दै गएपछि टचअप गराउनुपर्छ । १ महिनामा एकपटक टचअप गरेपछि ३ महिनासम्म रहन्छ । कसैले नेचुरल जेल नेलपछि पोलिस लगाउँछन् भने कसैले पोलिस पनि राख्छन् । पोलिस लगाउनेहरूले नेल बढेपछि बीच–बीचमा पोलिस लगाइरहनुपर्छ ।

 

यो कत्तिको महँगो छ ?

सबै सामान बाहिरबाट मगाउनुपर्ने भएकाले केही बढी खर्च लागे पनि मैले केही समयका लागि ५० प्रतिशत छुटका साथ जेल नेलको सुविधा उपलब्ध गराइरहेकी छु ।

जेल नेल सिकेर वैदेशिक रोजगारीमा जानु कत्तिको फाइदाजनक छ ?

अहिले धेरैजसो विदेश पढ्न जानेहरू नै सिक्न आइरहेका छन् । जेल नेल सिकेकाहरूले तुरुन्तै काम पाउने भएकाले विदेश जानेहरू नै यसमा बढी आकर्षित छन् । १ महिना दैनिक ८–८ घन्टा कक्षा लिएर जाँदा पनि काम गर्न सकिन्छ ।

 

जेल नेलबाट कुनै इन्फेक्सन हुन्छ कि ?

जेल नेलकै कारण कुनै इन्फेक्सन हुँदैन । आफ्नो नेलभन्दा बलियो भए पनि यसलाई औजारका रूपमा प्रयोग गर्नुहुँदैन ।

 Image