Successfully Copied

गोदावरी पुष्प मेला

गोदावरी फूलको विविध जाति प्रजातिहरुको प्रदर्शनी मेलाको मुख्य आकर्षणका रुपमा रहेका थिए । मेलामा व्यवसायिक स्टल ४४, सूचनामुलक ३ र गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल १ सहित जम्मा ४८ वटा प्रदर्शनी कक्षहरु राखिएका थिए ।

राजधानीमा १२ औँ गोदावरी पुष्प मेला सम्पन्न भएको छ । फूलको व्यवसायिक विकास, बिस्तार तथा प्रबर्द्धन गर्ने उदेश्यले प्रतियोगितात्मक पुष्प मेलाको आयोजना गरिएको हो ।

जावलाखेलको खेल मैदान, ललितपुरमा सम्पन्न प्रदर्शनीको प्रदेश नम्बर ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले उदघाटन गरेका  थिए ।

पुष्प व्यवसायीहरुलाई व्यवसाय प्रवर्द्धनमा हौसला प्रदान गर्ने र व्यवसायिहरु बीच प्रतिस्पर्धात्मक बनाउन भन्दै विगत ११ वर्ष देखि मेलाको आयोजना गरिएको फ्लोरीकल्चर एशोसिएसनले बताएको छ ।

गोदावरी फूलको विविध जाति प्रजातिहरुको प्रदर्शनी मेलाको मुख्य आकर्षणका रुपमा रहेका थिए ।

मेलामा व्यवसायिक स्टल ४४, सूचनामुलक ३ र गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल १ सहित जम्मा ४८ वटा प्रदर्शनी कक्षहरु राखिएका थिए ।

मेलामा नयाँ नयाँ प्रजातिका फूलहरुको प्रदर्शनी तथा बिक्री बितरण हुनुका साथै सयपत्री, मखमली तथा अन्य फूल बिरुवासमेत प्रदर्शनीमा राखिएका थिए ।

 Image