Successfully Copied

सही मार्गदर्शन अठोट

अहिले उच्च शिक्षा लिनेको बढ्दो संख्यासँगै संस्कार कमजोर बन्दै गइरहेको छ । सबै कुरा अभिभावकमा निर्भर रहने बानीको विकास हुँदै गइरहेको छ । यस्तो परिप्रेक्ष्यमा पत्रकार श्रीश भण्डारीको अठोट पुस्तक अहिलेको पुस्तामा हुर्कदै गएको परनिर्भरपन प्रवृति कम गरेर आदर्श पुस्ता बन्ने उचित मार्ग

सबै अभिभावक बच्चा चकचके नहोस्, ज्ञानी बनोस्, धेरै पढोस् भन्ने चाहन्छन् । तर बच्चा यसको ठीक विपरित खेल्न आफूले चाहेजस्तै गर्न खोजिरहेका हुन्छन् । अभिभावकले धेरै दु:ख गरेर छोराछोरीको शिक्षाका लागि लगानी गर्छन् । छोरा छोरीको पढाईसँगै बानी व्यहोरा, संस्कार असल बनोस् भन्ने उनीहरुको चाहना हुन्छ ।

अहिले उच्च शिक्षा लिनेको बढ्दो संख्यासँगै संस्कार कमजोर बन्दै गइरहेको छ । सबै कुरा अभिभावकमा निर्भर रहने बानीको विकास हुँदै गइरहेको छ । यस्तो परिप्रेक्ष्यमा पत्रकार श्रीश भण्डारीको अठोट पुस्तक अहिलेको पुस्तामा हुर्कदै गएको परनिर्भरपन प्रवृति कम गरेर आदर्श पुस्ता बन्ने उचित मार्ग दर्शन भएको छ । अठोटमा बालबालिकाको आनीबानी र संस्कारका बारेमा सूक्ष्म ढंगमा उतारिएको छ । यसमा समयको महत्व, खुसी रहने उपाय, बाल्यवास्थादेखि नै जीवनको प्राथमिकता, लक्ष्य निर्धारणका कुरा समावेश गरिएका छन् । स्मरणशक्ति के हो र कसरी ताजा राख्ने भन्ने कुरा पनि अठोट पढेपछि प्राप्त गर्न सक्छन् ।

एकले अर्कालाई आदर नगर्ने, जंकफूडमा भर पर्ने प्रवृति बढ्दो छ । यस्तो अवस्थामा जंकफुडको लत कम गर्ने, कसरी आत्मविश्वासी बन्ने भन्ने लगायतका विविध कुराका लागि अठोट उपयोगी छ । यो पुस्तक विद्यालयमा, अभिभावकले छोराछोरीलाई उपयोगी शिक्षाका लागि पढाउनु आवश्यक छ । यसले बालबालिका साथै अभिभावकको सोच बदल्न पनि मद्दत गर्छ । साथै पुस्तकमा असल व्यवहार तथा लगनबाट आफूलाई सफल बनाएका व्यक्तिहरु अल्बर्ट आइन्सटाइन, कन्फ्युसियस, गिजुभाइ, गौतम बुद्ध आदिका बाल्यावस्था तथा सफलताका कथा प्रस्तुत गरिएको छ । यो पुस्तक पढेर यसलाई उचित ढंगमा अवलम्बन गरेमा बालबालिकाको भविष्य उज्जवल हुने कुरामा दुइमत छैन ।   

 Image