Successfully Copied

किनमेलको काइदा

किनमेल विशेषगरी महिलाहरूको जीवनको महत्वपूर्ण पाटो हो । आधुनिक युगमा किनमेल कतिपयका लागि सोख हो भने धेरैका लागि जीवनको आवश्यकता पनि हो । घरमा आवश्यक ग्रोसरीदेखि गहनासम्म पहिरनदेखि भान्साका उपकरणसम्म किनमेल गर्दा महिलाहरू आफ्नो ब्याग रित्तिएको पनि थाहा पाउँदैनन् । तसर्थ योजनाबद्ध तरिकाले

किनमेल विशेषगरी महिलाहरूको जीवनको महत्वपूर्ण पाटो हो । आधुनिक युगमा किनमेल कतिपयका लागि सोख हो भने धेरैका लागि जीवनको आवश्यकता पनि हो । घरमा आवश्यक ग्रोसरीदेखि गहनासम्म पहिरनदेखि भान्साका उपकरणसम्म किनमेल गर्दा महिलाहरू आफ्नो ब्याग रित्तिएको पनि थाहा पाउँदैनन् । तसर्थ योजनाबद्ध तरिकाले सजगतापूर्वक किनमेल गर्नु आवश्यक छ ।

किनमेल हप्ताको पहिलो वा अन्तिम दिन

कतिपय मानिस हप्ताको एकपटक किनमेल गर्छन् । शनिबार सार्वजनिक बिदा हुने भएकाले सबैसँग पर्याप्त समय हुन्छ । त्यसैगरी हप्ताको पहिलो दिन पनि पसलमा खासै भीड हुँदैन । त्यसैले हप्ताको पहिलो दिन किनमेलका लागि उपयोगी मानिन्छ । यतिबेला पसलहरूमा भीड कम हुने भएकाले पसलेहरूले ग्राहकलाई पर्याप्त समय दिन सक्छन् । तसर्थ यही समयमा सोची–सम्झी आफूलाई मनपरेका तथा आवश्यक सामग्री खरिद गर्नुपर्छ । हप्ताको पहिलो दिन किनमेल गर्ने भए पहिले नै सामग्रीको सूची तयार पार्नुपर्छ । यस्तो सूची भरसक दुईवटा हुनुपर्छ । पहिलो सूचीमा अत्यावश्यक सामग्री राख्नुपर्छ । ती सामग्री खरिद गरिसकेपछि मात्र दोस्रो सूचीका सामग्री किन्नुपर्छ ।

राय–सल्लाह फाइदाजनक

ब्रान्डेड शोरुममा भिजिटर रजिस्टर राखिएको हुन्छ । त्यसमा ग्राहकहरूको राय तथा सुझाव संकलन गरिन्छ । त्यसमा आफ्नो राय तथा सल्लाह लेख्नुपर्छ । आफ्नो मोबाइल नम्बर राख्न मन छैन भने श्रीमान् तथा घरको नम्बर लेख्न सकिन्छ । आफ्नो नम्बर पनि राखिदिँदा कतै नयाँ तथा राम्रा सामग्री आए फोन गरेर जानकारी प्रदान गरिन्छ । यसले गर्दा पसलमा गएर सामग्रीका बारेमा जानकारी लिनु पर्दैन र समय पनि बचत हुन्छ ।

संकोच नमान्नु

कतिपय मानिसको स्वभाव संकोची हुन्छ । विन्डो किनमेलमा जाँदा संकोच मान्नु हुँदैन किनभने यो निकै फाइदाजनक हुन्छ । घरमा बस्दा–बस्दा नरमाइलो तथा अल्छी लागेको छ भने अल्छीपन हटाउन विन्डो सपिङ उत्तम साबित हुन्छ । समय बिताउन गार्‍हो हुँदा विन्डो किनमेल गर्न सकिन्छ । यो एक्लै भन्दा साथीसंगीहरूसँग गर्दा रमाइलो हुन्छ । यस क्रममा कुनै सामग्री मनपर्‍यो भने त्यसको एडभान्स छाडेर पुन: किनमेल गर्न सकिन्छ किनभने राम्रा सामग्री लामो समयसम्म पसलमा रहँदैनन् । त्यसैले केही खरिद गर्ने मनसाय नभए पनि आफूसँग डेविट कार्ड वा क्रेडिट कार्ड साथमा राख्न सकिन्छ ।

निर्भय मोलभाउ गर्नु

कतिपय ग्राहक आफूलाई सम्भ्रान्त देखाउन मोलभाउ गर्न मन पराउँदैनन् । मोलभाउ गर्ने चाहना छैन भने किनमेलका लागि ननिस्कनु नै वेश हुन्छ । साथीभाइ साथमा हुँदा मोलभाउ गर्न अप्ठ्यारो हुन्छ भने एक्लै किनमेल गर्नुपर्छ ।

आफ्नो मेहनतले कमाएको पैसालाई ध्यानपूर्वक खर्च गर्नुपर्छ । यसबाट कुशल क्रेता बन्न सकिन्छ । मोलभाउ गरी जोगिएको रकमले अरु वस्तु खरिद गर्न सकिन्छ । घुम्दै जाँदा सडकमा पाइने खानेकुरा सेवन गर्न पनि सकिन्छ । मोलभाउ उपभोक्ताको अधिकार पनि हो

पारिवारिक ग्रोसरी

घरायसी तथा भान्साका सामग्री खरिद गर्न लामो समयसम्म एउटै पसल प्रयोग गर्नु नेपालीहरूको चाहना हो । आफ्नै नातेदार तथा जानपहिचानका मानिसहरूका पनि रासन पसल भएमा त्यहाँ जानु उपयोगी मानिन्छ । उनीहरूसँग राम्रो सामग्री पाउने पसलका बारेमा जानकारी लिन सकिन्छ ।

विज्ञापनप्रेमी बन्नु

घरायसी समारोहका लागि विभिन्न किनमेल गर्नुपर्ने हुन्छ । यसका लागि पत्रपत्रिका, टिभी तथा सामाजिक संजालबाट सामग्रीहरूका बारेमा जानकारी लिन सकिन्छ । कुनै पसलले सेलको सहुलियत दिएको जानकारी पाए उक्त पसलमा जानुपर्छ । ब्रान्डेक कपडा, गहना, जुत्ता, ब्याग आदि सेलमा राखिएका छन् भने त्यसको फाइदा लिन छोड्नु हुँदैन । उपहार दिनु छ भने सेलको

मौका छोप्नुपर्छ ।

सेलको रणनीति बुझ्नु

सेल तथा छुटले हरेक तह तथा तप्काका मानिसको मनलाई आफूतर्फ आकर्षित गर्छ कहिले सेलका सामग्रीहरू राम्रा हुन्छन् तर कहिलेकाहीँ सेल वा छुटमा सामग्री खरिद गर्दा ठगिन सकिन्छ ।

 Image