Successfully Copied

उरुसा गिरी

उनले युवापुस्ताका प्रिय नायक अनमोलसँग डेब्यु गर्छु भन्ने कुराको पनि कल्पना गरेकी थिइनन् । अनमोलका सबै चलचित्र हेरेकी उरुसालाई मनपर्ने नायक उनै हुन् । आफ्ना तस्बिर हेरेर चलचित्रबाट अफर आउँदा गिरी केही नर्भस पनि भइन् । यद्यपि स्किन टेस्टमा राम्रो गरेपछि उनी त्यसका

गत वर्ष मिस एसिया नेपालको विजेता हुँदासम्म उरुसालाई चलचित्रमा नायिकाका रूपमा काम गर्छु भन्ने पटक्कै लागेको थिएन । उरुसा त्यसपछिको एक वर्षका दौरान पेपर तथा टीभीसी एडका साथै र्‍याम्प मोडलिङमा व्यस्त रहिन् । आम युवतीलाई झैं उनलाई पनि डान्स, मोडलिङ तथा ट्राभलिङमा रुचि छ ।

गिरी राम्रो नृत्य गर्नुका साथै गीत पनि गाउँछिन् । उनले युवापुस्ताका प्रिय नायक अनमोलसँग डेब्यु गर्छु भन्ने कुराको पनि कल्पना गरेकी थिइनन् । अनमोलका सबै चलचित्र हेरेकी उरुसालाई मनपर्ने नायक उनै हुन् । आफ्ना तस्बिर हेरेर चलचित्रबाट अफर आउँदा गिरी केही नर्भस पनि भइन् । यद्यपि स्किन टेस्टमा राम्रो गरेपछि उनी त्यसका लागि छानिइन् ।

केही समययतादेखि हरेक नेपाली चलचित्र हेर्दै आएकी उरुसा साम्राज्ञी र वर्षा राउतको अभिनयबाट प्रभावित छिन् । कम बोल्ने र कमै हाँस्ने उरुसाले अभिनयको कुनै कोर्स नगरे पनि राम्रो अभिनय गर्न सक्छु भन्ने विश्वास लिएकी छिन् । उरुसाले आत्मविश्वास प्रकट गर्दै भनिन्–अनमोलले कुनै पनि नायिकासँग दोहोरिएर अभिनय गरेका छैनन् तर म भने दोहोरिने नायिका बन्नेछु । ब्याचलर तेस्रो वर्षमा अध्ययनरत उरुसा दर्शकले आफूलाई रुचाउने कुरामा समेत विश्वस्त छिन् ।

संयोजन : सिर्जना दुवाल श्रेष्ठ

तस्बिर : महेश प्रधान

मेकअप : रचना शाक्य,  केटीएम मेकअप स्टुडियो, टेकू

पहिरन : पिजेज कलेक्सन, सिभिल मल

लोकेसन : एल्लो पोमेला रेस्टुरेन्ट, झम्सिखेल

 Image