Successfully Copied

भाग्यमानी कविता

नेपाली समाजमा अधिकांश छोरी/चेलीहरु विवाह पछि आफूले रोजेको क्षेत्रबाट पलायन हुन्छन् । तर, दाङ्की कविताका हकमा भने यो नियम ठ्याक्कै उल्टियो । जन्मघरमा नपाएको त्यो स्वतन्त्रता कविताले कर्मघरमा पाईन् । रोल्पाका कवि तथा गीतकार दामु मर्सिफुलसँग विवाह गरेपछि भने कविताले गीत र कवितामा

सानैबाट अक्षरहरुमा रमाउँन खोज्ने कविता उपाध्यायका औँलाहरु स्वछन्द भएर सल्बलाउँनै पाएनन् । उनी हुर्किदै गरेको त्यतिबेलाको समाजले साहित्यलाई उपेक्षा गर्‍यो र भन्यो– ‘संस्कारी घरानीका छोरी चलीले अंगाल्ने क्षेत्र होईन् यो ।’ यहि संस्कारसँगै जोडिएर आउथ्यो उनको परिवार पनि । परिवार, समाज र संस्कारले हेर्ने तिनै नजरका कारण कविताले मनमा तरंगीत भएर आएका कति भावहरुलाई मनमै मारिन त्यसको उनी आफैसँग लेखा छैन् ।

नेपाली समाजमा अधिकांश छोरी/चेलीहरु विवाह पछि आफूले रोजेको क्षेत्रबाट पलायन हुन्छन् । तर, दाङ्की कविताका हकमा भने यो नियम ठ्याक्कै उल्टियो । जन्मघरमा नपाएको त्यो स्वतन्त्रता कविताले कर्मघरमा पाईन् । रोल्पाका कवि तथा गीतकार दामु मर्सिफुलसँग विवाह गरेपछि भने कविताले गीत र कवितामा कलम चलाउन थालीन् । उनका सिर्जनामा यात्रामा उनका श्रीमान मर्सिफुल तथा जेठाजु गीतकार रमेश सुवेदीले पनि हौसला दिए । मर्सिफुल तथा रमेश सुवेदिसँगै कयौं साहित्यीक कार्यक्रममा निस्कने सौभाग्य पाएकी कविता आफूलाई भाग्यमानी बुहारी सम्झिन्छिन् ।

संस्कृतमा एम.ए पास गरेकी कवितालाई सिर्जनाको लत बस्यो उनी सिर्जनासँगै पत्रकारितामा लागिन् । रोल्पाबाट काठमाडौंका विभिन्न राष्ट्रिय मिडियामा पत्रकारिता गर्ने कविता सोमबार राजधानीको नाचघरमा आफ्ना श्रीमान र जेठाजुसँगै सिर्जना यात्रामा देखा परिन । उनका श्रीमान मर्सिफुल तथा जेठाजु रमेशसँगै उनका सिर्जना समेटिएको गीत/गजल संग्रह ‘जुहार’ सार्वजनिक गरिन । उक्त गीत/गजल संग्रहमा संगीतकार सन्तोष श्रेष्ठले एकल संगीत दिएका छन् । उनले सोही एल्वम सार्वजनिक कार्यक्रममा आफू बुहारी गीतकार तथा पत्रकार भएको बताईरहदा हल एकपटक गम्भिर बनेको थियो ।

त्यसोत कविताले आफ्ना श्रीमान र जेठाजुसँगै यसअधि पनि एल्वम तथा किताब प्रकाशन गरी सकेकी छिन् । रोल्पामा बसेर युद्धलाई नियालेकी उनले उपन्यास पनि तयारी अवस्थामा रहेको र बजारमा ल्याउने बताएकी छिन् । कविताले रोल्पाबाटै प्रकाशित हुने ‘जुनकीरी साप्ताहिक’ पनि प्रकाशन तथा सम्पादन गर्दै आएकी छिन् ।

 Image