Successfully Copied

ढिलो महिनावारी र यसका असर

समान्यत: महिनावारी २१ दिन देखि ३५ दिनको अन्तरमा ३ देखि ५ दिन सम्म हुन्छ । पहिलो दिन कम रगत गए पनि दोस्रो–तेस्रो दिन ८० मिलिग्राम सम्म रगत जान सक्छ अर्थात ३–४ वटा प्याड फेर्नुपर्ने हुन सक्छ भने कसै–कसैमा रगत जमेर वा कालो

मेरो साथीको महिनावारी ४३ दिनमा भयो । त्यसभन्दा अघि यस्तो कहिल्यै भएको थिएन अनि रगत पनि कालो आएको छ । के भएर यस्तो भएको होला ?

                                                                                            -आर.एस.

प्रश्नमा तपाईंको साथीको उमेर उल्लेख छैन । समान्यत: महिनावारी २१ दिन देखि ३५ दिनको अन्तरमा ३ देखि ५ दिन सम्म हुन्छ । पहिलो दिन कम रगत गए पनि दोस्रो–तेस्रो दिन ८० मिलिग्राम सम्म रगत जान सक्छ अर्थात ३–४ वटा प्याड फेर्नुपर्ने हुन सक्छ भने कसै–कसैमा रगत जमेर वा कालो भएर आउन सक्छ ।

किशोरावस्था तथा महिनावारी सुक्ने बेलामा महिनावारीमा अनियमितता तथा ढिलाइ हुन सक्छ । त्यसबाहेक अण्डबाहिनी नली, अण्डाशयको संक्रमण, थाइराइड तथा अन्य हार्मोनको असन्तुलन, पोलिसिटिक ओभरियन सिन्ड्रमजस्ता रोगका कारण पनि महिनावारी अनियमित हुन, ढिला हुन वा रोकिन सक्छ ।

 किशोरावस्थामा महिनावारी ढिला भयो भनेर खासै आत्तिनु पर्दैन, तर समयमै परीक्षण गराएर अन्य रोग होइन भन्ने पक्का गरेको राम्रो हुन्छ ।

                                                                स्त्री तथा प्रसूति रोग विशेषज्ञ,

                                                                 मोरङ सहकारी अस्पताल

 Image