Successfully Copied

चिकेन अलाकिप

चिकेन ब्रेस्टलाई बीचमा स्लाइस गरी काटेर मसरुम, बटर, धनियाँ तथा गढकिनसँग मोलेर राख्ने । साइड–साइडमा अण्डाको लेप लगाइदिने । मैदामा डुबाउने त्यसपछि घोलेर राखेको अण्डामा डुबाई ब्रेडकममा हाल्ने । त्यसलाई १० मिनेट डिफ्रिजमा राख्ने । बाहिर निकालेपछि स्लो हिटमा पकाउने ।

सामग्री : चिकेन ब्रेस्ट १ वटा, मसरुम १ पिस, बटर १० ग्राम, धनियाँ, गढकिन १ पिस, आलु १ पिस, सिमी १ पिस, गाजर आधा पिस, काउली, ब्रोकाउली सानो १ पिस, गोलभेंडा १ पिस, नुन स्वादअनुसार, ओस्टर सस १० मिलिलिटर, मस्टर्ड पेस्ट ५ ग्राम, अण्डा १ वटा, मैदा १० ग्राम, ब्रेडकम १० ग्राम, दूध १० मिलिलिटर तथा जाइफलको धूलो १ ग्राम ।

विधि : चिकेन ब्रेस्टलाई बीचमा स्लाइस गरी काटेर मसरुम, बटर, धनियाँ तथा गढकिनसँग मोलेर राख्ने । साइड–साइडमा अण्डाको लेप लगाइदिने । मैदामा डुबाउने त्यसपछि घोलेर राखेको अण्डामा डुबाई ब्रेडकममा हाल्ने । त्यसलाई १० मिनेट डिफ्रिजमा राख्ने । बाहिर निकालेपछि स्लो हिटमा पकाउने । पाकेपछि निकालेर मस्ट पोटाटोको माथि हाल्ने र साइड–साइडमा ग्रिल्ड ब्रोकाउली, काउली, सिमी तथा टमाटरले गार्नेस गर्ने ।

 

म्यास पोटाटो

विधि : उसिनेको आलुलाई मज्जाले मुछ्ने, प्यानमा बटर हालेर थोरै लसुन पड्काउने । मुछेको आलुलाई कुनै आकार दिई सोथे गर्ने । त्यसमा दूध हालेर, नुन तथा जाइफलको धूलो छर्किदिने ।

फिस मुनियर

सामग्री : माछा १ सय ८० ग्रामको २–२ स्लाइस, मैदा २० ग्राम, अण्डा १ वटा, सल्ट पेपर स्वादअनुसार, ओस्टर सस १० मिलिलिटर, मस्टर्ड पेस्ट ५ ग्राम, लेमन जुस १० मिलिलिटर, सबै मरमसलाले माछालाई मोलेपछि अण्डा र मैदाको घोलमा डुबाउने । त्यसपछि माछालाई ग्रिल गर्ने । यसलाई लेमन बटरसमा चोबेर खान सकिन्छ ।

                                      - रक टुनेल रेस्टुरेन्ट एन्ड लाउन्ज, गैरीगाउँ, तीनकुने

 Image