Successfully Copied

हाम्रो तीज

सानी छउन्जेल तीजमा माइत पठाए अलि ठूली हुँदै गएपछि लिन आउने मानिसलाई रित्तै फर्काइदिएपछि उसको पछिपछि रुँदै आधा बाटोसम्म पुगेकी छु । घरकासँग डर हुने, आँसु देख्लान् भनेर उतै सुकाएर फर्कनुपथ्र्यो । सासू–ससुरा एवं श्रीमान्सँग बोल्न डर लाग्थ्यो । आफूजस्ता माइत जान नपाएका

पदमकुमारी भटट्, सासू

कुमुद छतकुली भटट्, बुहारी

तीज आयो भन्छन्, सबै माइत जान्छन्...मै चेली अभागिनी कस्को माइत जाम..’ आजभन्दा करिब ८० वर्षअघिको तीजमा गाइने गीतमा भाका हाल्दा ८८ वर्षीया पदमकुमारी भट्टको अनुहारमा छुट्टै चमक देखिन्छ । ९ वर्षको उमेरमा ४० वर्षीय श्रीमान् झेलेकी पदमकुमारी १२ सन्तानकी आमा हुन् । उतिबेला जन्म र कर्मस्थान गोरखामा मनाएका दर्जनौं तीज उनको मानसपटलमा दौडिरहन्छन् अझै पनि । ‘त्यतिबेला दरखाने र व्रत बस्ने दिन मात्र तीज मनाइन्थ्यो । दरका दिन घरमा चेलीबेटी बोलाइन्थ्यो, एक माना घिउ खन्याएर भात पकाइन्थ्यो, आधारातमा लट्टेसँग करेलाको अचार, तामा–टुसाको झोल अनि बिहान नहुँदै झिसमिसेमा खीर खाने चलन थियो ।

अहिले जस्तो मांसाहारी दर हुँदैनथ्यो ।’ भट्ट भन्छिन्–९ वर्षमै विवाह भयो, श्रीमान् ४० वर्षको हुनुहुन्थ्यो । सानी छउन्जेल तीजमा माइत पठाए अलि ठूली हुँदै गएपछि लिन आउने मानिसलाई रित्तै फर्काइदिएपछि उसको पछिपछि रुँदै आधा बाटोसम्म पुगेकी छु । घरकासँग डर हुने, आँसु देख्लान् भनेर उतै सुकाएर फर्कनुपथ्र्यो । सासू–ससुरा एवं श्रीमान्सँग बोल्न डर लाग्थ्यो । आफूजस्ता माइत जान नपाएका दिदीबहिनीहरू जम्मा भएर गाउने गीत हो मै चेली अभागिनी कस्को माइत जाम..। त्यो जमानामा तीजका बेला हुनेखानेहरूले टाउकै ढाक्ने सुुनफूल, एउटै लुममा ३ वटा जन्तर, छापे औंठी, ढुंग्री, बुलाकी, सिलमुन्द्री अनि खुट्टामा चाँदीका कल्ली लगाउँथे ।

अहिले बदलिएको तीजलाई यी वृद्धा जुग फेरिएको भन्छिन् । अहिले लगाउने गहना, लुगाफाटा, खानपान अनि पर्व मनाउने चालढाल देख्दा उनलाई यस्तो देखुँलाजस्तो लाग्दैनथ्यो । उमेरले ४६ वर्ष कान्छी पदमकुमारीकी बुहारी कुमुद छतकुली भट्ट पेसाले शिक्षाकर्मी, शैक्षिक प्रशिक्षक एवं पुस्तक लेखिका हुन् । त्यसबाहेक थुप्रै सामाजिक काममा पनि संलग्नता भएकाले आफूसँग समय कम हुने हुँदा पर्व मनाउने कुरामा पनि सेड्युलअनुसार चल्नुपर्ने कुमुद बताउँछिन् । ‘मजस्तै आजका हरेक मानिस व्यस्त छन् ।

चाड मनाउने शैलीमा परिवर्तन आउनुको एउटा कारण यो पनि होला । म केटाकेटी छँदा मामाघरको दरमा माइजूले दूधैदूध घोटेर बनाउने खीरको स्वाद अहिले पाइँदैन । म सानी हुँदासम्म दर शाकाहारी हुन्थ्यो । अहिलेको गरगहना, लुगाफाटो प्रदर्शन गर्ने र पार्टी प्यालेसको तीज मलाई भड्किलो लाग्छ ।’ तीजमा क–कसलाई बोलाउने, दरमा के पकाउने, कसलाई के उपहार दिने भन्ने कुरामा अहिले पनि सासूको निर्णय चल्छ । हरेक तीजमा कुमुद सासूलाई केही न केही उपहार दिन्छिन् भने श्रीमान्ले पूजा समापनपछि बेलुका जुस एवं फलफूल ख्वाइदिएर उनलाई उपहार प्रदान गर्न आजसम्म छुटाएका छैनन् । विवाहअघि भन्दा पनि विवाहपछि स्वतन्त्रताको अनुभूति गर्न पाएको अनुभव साट्दै कुमुद भन्छिन्–पुरानो जमानाकै भए पनि मेरी सासू सहजै परिवर्तन स्वीकार गर्न सक्ने भएकीले मैले उहाँकै स्कुलिङमा धेरै कुरा सिक्ने अवसर पाएँ ।

 Image