Successfully Copied

पूजाकोठाको महत्व र वास्तु

हामी धेरै नियमहरूसँग बाँधिएका छौं । त्यसमा पूजाकोठाका केही सिद्धान्त र नियम छन् । हामी पूजाकोठालाई ध्यानमा राखी विशेष योजना बनाउँछौं । योजना बनाउँदा वास्तुअनुसार उक्त कोठा सही ठाउँमा छ कि छैन ध्यान पुर्‍याउनुपर्छ अन्यथा त्यसको मानसिक तथा शारीरिक दुस्प्रभाव उत्पन्न हुन सक्छ

 

वास्तुअनुसार पूजाकोठा

    पूजाकोठा सधै उत्तर पूर्व वा पूर्वतिर हुनुपर्छ ।

    पूजा पूर्व वा उत्तरतिर फर्केर गर्नुपर्छ ।

    पूजा गर्दा भगवान्को मूर्ति वा मूर्तिको खुट्टा आफ्नो छातीको स्तरमा हुनुपर्छ ।

    पूजाकोठा बाथरुमको भित्तासँग जोडिएको हुनुहुँदैन ।

    पूजाकोठामा सेतो, लेमन ग्रिन वा लाइट ब्लु कलर लगाउँदा सकारात्मक ऊर्जा प्राप्त हुन्छ ।

    सेतो रंगको मार्बल पूजाकोठाका लागि उत्तम मानिन्छ ।

    पूजाकोठाका झ्यालढोका उत्तर वा पूर्वमा हुनुपर्छ ।

-    अग्निकुण्ड पूजाकोठाको साउथ इस्टतिर राख्नु उपयुक्त मानिन्छ ।

-    पूजाकोठाभित्र भगवान्लाई सीधै भुईंमा राख्नु हुँदैन । सकभर मन्दिर बनाएर राख्नुपर्छ ।

-    मन्दिर वास्तुअनुसार काठ वा संगमरमरको बनाउन सकिन्छ ।

-    पूजाकोठा एकदमै सफा–सुग्घर राख्नुपर्छ । त्यहाँ माकुराको जालो, मुसाको चलखेल अनि धूलो–मैलो आदि हुनुहुँदैन ।

-    दियो पूजा गर्ने व्यक्तिको दायाँ साइडमा राख्नुपर्छ । दियोले पूजाकोठाको आकर्षण बढाउँछ । दियो छनोट तथा प्लेसमेन्ट मन्दिरको डिजाइनमा भर पर्छ ।

-    दियोका साथै बत्तीको प्लेसमेन्ट त्यसैगरी मिलाएर राख्नुपर्छ । जसले मन्दिरको शोभा बेग्लै देखिन्छ र पूजाआजा वा चाडपर्वको रौनक बढाउँछ ।

-    पूजाकोठामा जीवित वा स्वर्गीय पूर्वजहरूको तस्बिर राख्नु हुँदैन ।

-    साना स्ट्ेरहरू भए पूजा सामग्री राख्न सजिलो हुन्छ । त्यसमा पूजा सामग्री तथा भाँडा स्टोर गरेर राख्न सकिन्छ ।

-    कोठाको आकर्षण बढाउन विभिन्न सजाबटी सामग्री प्रयोग गर्न सकिन्छ ।

स्टोन इन्ले : पूजाकोठामा स्टोन इन्ले राखे बेग्लै लुक्स प्राप्त हुन्छ ।

जाली : जालीको प्रयोगले सीधै भगवान् नदेखिनुका साथै पूजाकोठामा ॐ वा स्वस्तिक चिन्हको जालीले कोठाको महत्व बढाउँछ ।

 

घन्टी : थप घन्टी पूजा गर्ने ठाउँमा

ह्यांगिङ चेनका रूपमा डिजाइन गरी सजाउन सकिन्छ । त्यसमा धेरै घन्टीबाट एकैपटक एउटै स्वर आउँदा वातावरण मोहक हुन्छ ।

करेन कट : करेन सीटहरूमा भगवान्का इमेजहरू इनर्जिङ

गरी पछाडिबाट लाइट पास

हुने गरी पूजाकोठाको सुन्दरता बढाउन सकिन्छ ।

                        - इन्टेरियर डिजाइनर, बेला कासा

 Image