Successfully Copied

परिवार नियोजनको चक्की र महिला स्वास्थ्य

यो नियमित चक्की होइन । आकस्मिक गर्भनिरोधक चक्कीमा हार्मोनको मात्रा सामान्य चक्कीको तुलनामा निकै बढी हुन्छ र त्यसैले यो प्रभावकारी हुन्छ, तर यो आकस्मिक रूपमा, कहिलेकाहीं प्रयोग गर्नका लागि मात्र हो ।

म १८ वर्षकी भएँ । ५ महिनाअघि मात्र मेरो विवाह भएको हो । मैले कुनै सल्लाहबिना नै परिवार नियोजनको चक्की ३० पटकभन्दा बढी प्रयोग गरिसकें । ३ महिनादेखि मेरो महिनावारीमा थोरै मात्र रगत देखिने गरेको छ र अहिले ३८ दिन भैसके पनि महिनावारी भएको छैन । मैले के गर्नुपर्ला ?

                                                                                                          - ओ.पी.

 

तपाईंले ५ महिनामा ३० पटकभन्दा बढी परिवार नियोजनको कुन चक्की प्रयोग गर्नुभएको हो ? प्रश्नमा उल्लेख छैन । नेपालमा सामान्यत: परिवार नियोजनका दुई किसिमका चक्की उपलब्ध छन् । एउटा नियमित खाने चक्कीमा २१ वटा सेता तथा थप ७ वटा खैरा चक्की (सबैमा नहुन सक्छ) हुन्छन् ।

यस्तो चक्की नियमित खानुपर्छ र यो प्रभावकारी तथा नवदम्पतीका लागि उपयुक्त गर्भनिरोधक मानिन्छ । तपाईंको प्रश्नका आधारमा तपाईंले प्रयोग गरेको चक्की उक्त चक्कीभन्दा पनि यौन सम्पर्कपछि प्रयोग गरिने आकस्मिक परिवार नियोजनको चक्की हो कि भन्ने अनुमान गर्न सकिन्छ ।

यो नियमित चक्की होइन । आकस्मिक गर्भनिरोधक चक्कीमा हार्मोनको मात्रा सामान्य चक्कीको तुलनामा निकै बढी हुन्छ र त्यसैले यो प्रभावकारी हुन्छ, तर यो आकस्मिक रूपमा, कहिलेकाहीं प्रयोग गर्नका लागि मात्र हो ।

यसलाई महिनामा यति नै पटक मात्र प्रयोग गर्न सकिन्छ भन्ने छैन, तर बारम्बार वा धेरै प्रयोग गर्न थाले हार्मोनमा असन्तुलन देखा पर्छ । यसले गर्दा महिनावारीमा गडबडी तथा यसको प्रभावकारितामा कमी आउने हुन्छ ।

                                                                              स्त्री तथा प्रसूति रोग विशेषज्ञ,

                                                                               मोरङ सहकारी अस्पता

 Image