Successfully Copied

आइसक्रिम सन्डे

सर्भ गर्ने प्लेटमा आइसक्रिमलाई क्रमैसँग राख्ने । काजु, बदाम, पेस्ता तथा ओखरलाई मसिनो नहुने गरी पिसेर आइसक्रिममाथि छरिदिने । त्यस माथि अरेञ्ज सस, स्ट्राबेरी सस तथा चकलेट सस राख्ने ।

सामग्री : विभिन्न ३ फ्लेबरका आइसक्रिम ३ स्कुप, काजु, बदाम, पेस्ता तथा ओखर ५० ग्राम, अरेन्ज सस, स्ट्राबेरी सस ५–५ मिलिलिटर, चकलेट सस २५ मिलिलिटर ।

विधि : सर्भ गर्ने प्लेटमा आइसक्रिमलाई क्रमैसँग राख्ने । काजु, बदाम, पेस्ता तथा ओखरलाई मसिनो नहुने गरी पिसेर आइसक्रिममाथि छरिदिने । त्यस माथि अरेञ्ज सस, स्ट्राबेरी सस तथा चकलेट सस राख्ने ।

केन्डी स्टोर

सामग्री : स–साना चकलेट, मिठाईं, स्यान्डबिच, बिस्कुटका साथै भेनिका आइसक्रिम, चकलेट आइसक्रिम तथा बटरस्कच आइसक्रिम १–१ स्कुप ।

विधि : सबै पहिलेदेखि नै खान तयारी अवस्थामा हुने भएकाले यसलाई सफा प्लेटमा सजाउने मात्र हो । तीजको दरमा यसलाई डेजर्टका रूपमा खान सकिन्छ । मिठाईं र चकलेट मात्र खान कठिन हुने भएकाले चकलेट तथा मिठाईंको पिसलाई आइसक्रिममा चोबेर खाँदा भिन्न स्वाद प्राप्त हुन्छ ।

                                            - सेफ्स बेकरी एन्ड कन्फेन्सनरी, लोकन्थली

 Image