Successfully Copied

तीज महोत्सव

१७ औं बृहत् तीज व्यापार मेला ‘हामी सबै सिर्जनशील महिलाको एउटै नारा, सीप सिकौं, उद्यम गरौं, बनौं आत्मनिर्भर सारा’ भन्ने नाराका साथ सञ्चालन हुने भएको छ । महिला सिर्जनशील केन्द्र (वुमन्स क्रियसन) ले आयोजना गर्ने उक्त ‘बृहत् तीज व्यापार मेला’ भदौ ७ गतेदेखि

१७ औं बृहत् तीज व्यापार मेला ‘हामी सबै सिर्जनशील महिलाको एउटै नारा, सीप सिकौं, उद्यम गरौं, बनौं आत्मनिर्भर सारा’ भन्ने नाराका साथ सञ्चालन हुने भएको छ । महिला सिर्जनशील केन्द्र (वुमन्स क्रियसन) ले आयोजना गर्ने उक्त ‘बृहत् तीज व्यापार मेला’ भदौ ७ गतेदेखि १० गतेसम्म भृकुटीमण्डपको प्रदर्शनी हलमा चल्नेछ ।

मेलामा लत्ताकपडा, शृंगार सामग्री, होम अप्लाइन्सेस, एसेसरिज, ब्याग तथा फुटवेयर, खानपान, भाँडाकुँडा आदि विविध सामग्रीका २ सयभन्दा बढी स्टल रहने बताइएको छ । उक्त मेलामा महिला सिर्जना एवं उद्यमशीलतालाई प्रोत्साहित गर्ने उद्देश्यले पहिलो पटक ५ उत्कृष्ट व्यवसायीलाई पुरस्कृत समेत गरिँदैछ ।

मेलामा फोटोसुट, मेहन्दी आर्ट, हेयर कटिङ, स्पा आदिको नि:शुल्क  सुविधा समेत उपलब्ध गराइनेछ । प्रसिद्ध जापानी ब्रान्ड मिनिसोद्वारा प्रस्तुत यो मेलामा डाबर नेपाल गुलाबरी रोज वाटर तथा नेपाली उत्पादन सेफ्टीको सहकार्य छ । नारी मासिक सुरुदेखि नै यो तीज महोत्सवको अफिसियल मिडिया पार्टनर रहँदै आएको छ ।

 Image