Successfully Copied

बाथरुम डिजाइन र ट्रेन

बाथरुमका लागि सूर्यको उज्यालो बाहेक आर्टिफिसियल सोर्सको आवश्यकता हुन्छ । यसका लागि टास्क लाइटिङ, एसेन्ट लाइटिङ तथा नाइट लाइटिङ प्रयोग गर्नुपर्छ । बाथरुममा सबै प्रकारको लाइट्समा ‘डिमर कन्ट्रोल’ लगाउनुपर्छ, जसले गर्दा चाहनानुसार उज्यालोलाई तीव्र र मध्यम गर्न सकिन्छ ।

 

घरमा किचेन, बेडरुम तथा लिभिङ रुमको जति आवश्यकता तथा महत्व हुन्छ, बाथरुमको महत्व पनि उत्तिकै हुन्छ । जहाँ हामी अत्यन्त निजी क्षण बिताउँछौं । त्यसैले बाथरुमलाई कसरी सफा राख्ने, सुन्दर बनाउने विशेष ध्यान दिनुपर्छ । बाथरुम डेकोरेसन गर्दा वा निर्माण गर्दा घरका अन्य कोठासित मिल्दोजुल्दो बनाउने कुरामा ध्यान पुर्‍याउनुपर्छ । पुरानो घरमा नयाँ बाथरुम बनाउन वा पुरानै बाथरुमलाई रिनोभेट गरी नयाँ लुक्स दिन सकिन्छ । बाथरुममा नयाँ सावर लगाएर, लाइट फेरेर पनि केही हदसम्म लुकलाई भिन्न देखाउन सकिन्छ । यदि बाथरुममा ह्वाइट लाइट छ भने त्यसलाई परिवर्तन गरी एलो लाइट प्रयोग गर्नुपर्छ, यसो गर्दा बाथरुममा परिवर्तन आएजस्तो देखिन्छ । नयाँ टाबेल, सावर, बाथमेट आदि प्रयोग गरी बाथरुमलाई नयाँ लुक दिन सकिन्छ । ठूलो ऐना राख्दा बाथरुम नै ठूलो देखिन्छ । ठूलो टाइल्स लगाउँदा पनि बाथरुम ठूलो देखिन्छ । बाथरुमका लागि एसेसरिज छनोट गर्दा एल्लो, ओरेन्ज ओलिभ ग्रिन, रोयल ब्लुजस्ता फ्रेस कलरलाई प्राथमिकतामा राख्नुपर्छ ।

स्पेस मेनेजमेन्ट : बाथरुम सानो छ भने बाथरुम एसेसरिजको छनोटमा अत्यन्त ध्यान पुर्‍याउनुपर्छ । बाथ टबमा सानो बाथ सावर प्रयोग गर्नुपर्छ । सिंगल तथा लाइट कलर प्रयोग गर्दा ठाउँ ठूलो देखिन्छ । स–साना टायल प्रयोग गर्दा पनि ठाउँ ठूलो देखिन्छ । फ्लोरदेखि सिलिङसम्म छुने ठूलो ऐनाले पनि कोठाको उचाइ बढाउँछ । प्रोफेसनल कलर, टेक्सचर तथा प्याटर्नलाई यसरी प्रयोग गर्नुपर्छ कि त्यसले ठाउँ ठूलो देखियोस् ।

टाइल्स : टाइल्सको छनोट त्यसको टेक्सचर हेरेर गर्नुपर्छ । चम्किलो, ग्लेन्ड, पोलिस्ड टाइल्स आकर्षक देखिन्छ र सहज रूपमा सफा पनि हुन्छ । यद्यपि यो चिप्लो हुने भएकाले यसलाई भित्तामा प्रयोग गर्नुपर्छ । बाथरुमका लागि सेरामिक टाइल्स सबैभन्दा बढी रुचाइन्छ । प्राकृतिक स्टोन्स जस्तै मार्बल, ग्रेन्जइट वा स्लेट पनि प्रयोग गर्न सकिन्छ । यसमा दाग लाग्दैन र टिकाउ पनि हुन्छ । प्राकृतिक स्टोन्सलाई लामो स्लेबका रूपमा वा टाइल्सको आकारमा काटेर पनि लगाउन सकिन्छ ।

रंग : बाथरुम सुन्दर हुनुका साथै टिकाउ पनि होस् । साधारण कलर लगाउँदा भित्ताको कमी–कमजोरी लुक्छ तर सफा गर्न भने गाह्रो हुन्छ । बाथरुमको भित्ताका लागि ग्लस वा सेमिग्लस पेन्ट बेस्ट च्वाइस हो । बाथरुमको भित्ताको मुनिबाट आधा दूरीसम्म आफ्नो रोजाइको टाइल्स लगाउनुपर्छ । यसो गर्दा नुहाउँदा उड्ने पानीले भित्ता खराब हुँदैन । टाइल्सलाई केही दिनको अन्तरालमा सफा गरिरहनुपर्छ ।

बाथ टब : बाथ टब साधारणतया २ सय लिटरदेखि १ हजार लिटरसम्मको क्षमतामा पाइन्छ । अत: आफ्नो बाथरुमको साइजको हिसाबबाट बाथ टब छनोट गर्नुपर्छ । फाइबर ग्लास बाथ टब कम मूल्यमा पाइन्छ, तर त्यसको साटो गुणस्तरीय एक्रेलिक बाथ टब छनोट गर्नुपर्छ जुन बढी राम्रो र टिकाउ हुन्छ । बाथ टबमा सिंगल स्पिड पम्पको साटो मल्टी स्पिट पम्पको विकल्प छनोट गर्नुपर्छ ।

साबर : साबरमा धेरै विकल्प उपलब्ध छन् । पहिलेको सिंगल फिक्स्ड वाल साबरबाहेक आजभोलि केसेड, एरिएटेड, वाइड कवरेज, सफ्ट तथा मसाज टाइप साबर पनि उपलब्ध छन् जसबाट क्लिनिङ र मसाज दुवै हुन्छ । अहिले बजारमा ‘एडजस्टेबल साबर’ पनि पाइन्छ, जसलाई तलमाथि गर्न सकिन्छ ।

बेसिन : सिन्क, बेसिन, बाउल्स वा काउन्टर टप्स बाथरुमको विशेष आवश्यकता हो । त्यसैले यिनीहरू आकर्षक हुनु आवश्यक छ । यतिबेला मार्केटमा अलग–अलग रंग र डिजाइनका ग्लेज्ड, कास्ट आइरन, कल्चर्ड स्टोन आदिबाट बनेका बेसिन/सिन्क देख्न पाइन्छ, त्यसमा पारम्परिक सेतो रंग आज पनि उत्तिकै मन पराइन्छ । बाथरुमका लागि बेसिन छनोट गर्दा कति र कुन रूपमा उपयोगमा आउँछ भन्ने विषयमा ध्यान पुर्‍याउनुपर्छ । पाहुनाले यसको प्रयोग गर्दा फोहोर हुन्छ भने हल्का रंगको बेसिन प्रयोग गर्नु उपयुक्त हुँदैन । फेमिली बाथरुम छ र लगातार उपयोगमा आउँछ भने त्यसमा टुथ पेस्ट, कस्मेटिक्स, नेलपोलिस रिमुवर वा अन्य सरसामानको दाग लागिरहन्छ र नियमित सफाइको पनि आवश्यकता हुन्छ । अत: फेमिली साइजलाई ध्यानमा राखेर बेसिन/बाउल्स छनोट गर्नुपर्छ ।

लाइटिङ : बाथरुमका लागि सूर्यको उज्यालो बाहेक आर्टिफिसियल सोर्सको आवश्यकता हुन्छ । यसका लागि टास्क लाइटिङ, एसेन्ट लाइटिङ तथा नाइट लाइटिङ प्रयोग गर्नुपर्छ । बाथरुममा सबै प्रकारको लाइट्समा ‘डिमर कन्ट्रोल’ लगाउनुपर्छ, जसले गर्दा चाहनानुसार उज्यालोलाई तीव्र र मध्यम गर्न सकिन्छ ।

ट्वाइलेट : हिजोआज विशेष प्रकारको ट्वाइलेट आउन थालेको छ जुन आफैं माथितिर उठ्छ र काम सकिएपछि तलतिर जान्छ । यसबाट बिरामी तथा वृद्धाहरूलाई विशेष सुविधा हुन्छ । आजभोलि अटोमेटिक फ्लसर प्रयोगमा आउन थालेको छ जसमा ट्वाइलेटलाई फ्लस गर्ने आवश्यकता पर्दैन । उपयोगकर्ता ट्वाइलेटबाट उठेपछि स्वचालित रूपमा फ्लस हुन्छ । पानीको कमीका कारण ट्वाइलेट फ्लस नहुने स्थानमा इलेक्ट्रिक कम्प्रेसर लगाउनुपर्छ । पानीको कमी भएको स्थितिमा लो फ्लस ट्वाइलेट्स जडान गर्नुपर्छ । यसको फ्लसिङ मोडमा पानी बचत हुन्छ ।

बाथरुम बनाउँदा ध्यान दिनुपर्ने कुराहरू : बाथरुमको इलेक्ट्रिकल वायरिङ र अर्थिङ ठीक तरिकाले गराउनुपर्छ र समय–समयमा चेक गरिरहनुपर्छ । बाथरुमको दुर्गन्ध र ओस बाहिर पठाउने सबैभन्दा राम्रो उपाय हो झ्याल खोल्नु । यसबाट हावाको आवतजावत राम्रो हुन्छ । बाथरुममा एडजस्ट फ्यान लगाउनुपर्छ । बाथरुमको आकारअनुसार एडजस्ट फ्यानको साइज छनोट गर्नुपर्छ । बाथ टब वा सावरमा टेम्प्रेचर वा प्रेसर रेगुलेटेड भल्भ लगाउनुपर्छ, यसबाट पानीको तापक्रममा अचानक परिवर्तन आउन पाउँदैन ।

                                                   - डिजाइन इन्सिप्रिरेसन प्रा.लि., सानेपा

 Image