Successfully Copied

काजु आलु चप

आलुलाई उसिनेर बावलमा राख्ने । त्यसलाई हातैले मोल्ने । काटेको प्याज, धनियाँ, खुर्सानी, नुन, जिरा सबैलाई आलुमा हालेर मज्जाले मिक्स गर्ने । राम्रोसँग मिक्स भएपछि डल्लो बनाउने र भित्र १–१ वटा काजु राख्ने । अर्काे भाँडामा मैदा, बेसन, अदुवा, लसुनको पेस्ट तथा नुन

सामग्री : आलु ३ वटा, चाट मसला २० ग्राम, काजु ७–८ पिस, प्याज २ वटा, धनियाँ, खुर्सानी तथा जिरा ५ ग्राम, नुन स्वादअनुसार, अदुवा र लसुनको पेस्ट २० ग्राम, मैदा र बेसन ५० ग्राम ।

विधि : आलुलाई उसिनेर बावलमा राख्ने । त्यसलाई हातैले मोल्ने । काटेको प्याज, धनियाँ, खुर्सानी, नुन, जिरा सबैलाई आलुमा हालेर मज्जाले मिक्स गर्ने । राम्रोसँग मिक्स भएपछि डल्लो बनाउने र भित्र १–१ वटा काजु राख्ने । अर्काे भाँडामा मैदा, बेसन, अदुवा, लसुनको पेस्ट तथा नुन मिसाएर डल्लोमा चोप्दै डिप फ्राइ गर्ने ।

पनिर सास्निक

सामग्री : पनिर १ सय ग्राम, क्याप्सिकन १ सय ग्राम, गोलभेंडा १ सय ग्राम, कागती १ वटा, नुन–खुर्सानीको धूलो स्वादअनुसार ।

विधि : पनिर, क्याप्सिकन र गोलभेंडालाई स–साना आकारमा बराबर हिसाबमा काट्ने । क्रमश: पनिर, क्याप्सिकन र गोलभेंडा राख्दै झिरमा उन्ने । त्यसमा हल्का नुन–खुर्सानी तथा कागती हालेर तावामा सेक्ने ।

बनाना लस्सी

सामग्री : केरा १ वटा, दही २ सय ५० मिलिलिटर, चिनी २० ग्राम, काजु ३–४ पिस, किसमिस ५–६ टुक्रा, कोकोनट पाउडर ५ ग्राम ।

विधि : मिक्सरमा केरा, दही र चिनी ग्रान्ड गर्ने । त्यसपछि गिलासमा राखेर माथिबाट काजु, किसमिस अनि कोकोनट पाउडरले सजाई सर्भ गर्ने ।

 Image