Successfully Copied

आँचल शर्मा

फोटोसुटभरिमा उनले सयौं जनासँग सेल्फी र फोटो खिचाइरहिन् । पटक्कै भाउ नखाने, जोसँग पनि हाँसेर बोल्ने, सबैलाई धन्यवाद भन्दै मुस्कुराउन सक्ने उनको खुबीबाट जोकोही प्रभावित हुन्छन् । छोटो समयमै धेरै प्रशंसक बटुल्न सफल आँचल आफ्नो डेब्यु चलचित्र नार्इं न भन्नु लबाटै धेरैको नजरमा

साउनको नारीको कभर फोटो सेसनका लागि हाम्रो लोकेसन थियो, भक्तपुर दरबार स्क्वायर । बिहानै दरबारमार्गस्थित रज्जुको मेकअप स्टुडियोमा मेकअप गर्न पुगेकी नायिका आँचललाई लिएर फेसन डिजाइनर रुना र म भक्तपुर पुग्यौं जहाँ फोटोग्राफर महेश प्रधानका साथमा मनीष अमात्य तथा कर्मेश श्रेष्ठ फोटोका लागि एंगल खोजिरहेका थिए ।

आँचलले भक्तपुरमा पाइला टेकेदेखि उनका प्रशंसकहरू उनलाई घेरेर सेल्फी एवं फोटो खिचाउन व्यस्त भए । फोटोसुटभरिमा उनले सयौं जनासँग सेल्फी र फोटो खिचाइरहिन् । पटक्कै भाउ नखाने, जोसँग पनि हाँसेर बोल्ने, सबैलाई धन्यवाद भन्दै मुस्कुराउन सक्ने उनको खुबीबाट जोकोही प्रभावित हुन्छन् ।

छोटो समयमै धेरै प्रशंसक बटुल्न सफल आँचल आफ्नो डेब्यु चलचित्र नार्इं न भन्नु लबाटै धेरैको नजरमा परेकी नायिका हुन् ।

त्यसमा पनि शत्रु गतेले उनलाई अझ उचाइमा पुर्‍याएको छ । सबैसँग घुलमिल भैहाल्ने, बोलिहाल्ने आँचललाई नायक पल शाहसँग जोडेर पनि गसिप बनाइन्छ तर उनलाई ती गसिपहरूले केही फरक पार्दैन । हुन त पल उनलाई मनपर्ने व्यक्ति अनि मन मिल्ने साथी हुन् तर विवाह गर्ने–नगर्ने अहिले नै केही भन्न नसक्ने उनी बताउँछिन् । के मन मिल्दैमा, मनपर्दैमा सबैले विवाह नै गर्नुपर्छ र ? आँचल भन्छिन्–दर्शकहरूले हाम्रो जोडीलाई जोनी जेन्टल म्यान तथा शत्रु गतेमा धेरै रुचाउनुभयो ।

आँचलको अभिनय एवं व्यवहारबाट प्रभावित भएर हरिवंश आचार्यले अहिलेसम्म यति जेन्टल नायिकासँग काम गर्ने मौका मिलेको छैन भन्ने कमेन्टसम्म गरेका थिए । आँचललाई अहिले थुप्रै चलचित्रबाट अफर आइरहेका छन् तर कथा, भूमिका र टिम हेरेर मात्र अभिनय गर्ने पक्षमा छिन् उनी । परिवारलाई महत्व दिने आँचल आफ्ना बुवालाई सबैभन्दा नजिकको साथी मान्छिन् । आफ्नो खुसीको तुलनामा परिवारको खुसीलाई प्राथमिकता दिने आँचल भन्छिन्–दर्शकको मायाले नै अझ राम्रो अभिनय गर्ने हौसला मिलेको छ ।

 

संयोजन : सिर्जना दुवाल श्रेष्ठ

तस्बिर : महेश प्रधान

पहिरन : रुना मानन्धर गुरुङ

इनोभ एट बुटिक कुपन्डोल

मेकअप तथा हेयर : मेकअप बाई रज्जु

लोकेसन : भक्तपुर दरबार स्क्वायर

 Image