Successfully Copied

२५ खतराको घन्टी

वर्तमान युगमा स्मार्ट फोन, आइप्याड, टेलिभिजन, इन्टरनेट आदिका कारण मानिस यसमै भुलेर घन्टौं एकै ठाउँमा समय बिताउँछन् । यसले गर्दा शारीरिक सक्रियता कम हुन्छ । यो पनि मोटोपनको एउटा प्रमुख कारण हो । बालबालिकाहरू पनि अन्य खानेकुरा भन्दा जंक फुड नै मन पराउँछन्

खाना खाएपछि केही खान मन गर्नु । केही बेरमै खाइरहनु अर्थात् बिज इटिङ बानीले ओबेसिटीलाई ईशारा गरेको हुन्छ । खानपानको गलत बानी तथा आधुनिक जीवनशैलीलाई जन्म दिन्छ ओबेसिटीले । बाहिरको खाना तथा खानामा पोषक तत्वको कमीले गर्दा बालबालिकाहरू पनि ओबेसिटीको सिकार हुन्छन् । बढ्दो तौलमा नियन्त्रण नगरे यसबाट अन्य रोगको पनि जन्म हुन सक्छ । न्युट्रिसियनिस्ट रश्मि बजिमय श्रेष्ठ भन्छिन्–मोटोपन, मधुमेह तथा हाइपरटेन्सनको समयमै उपचार भएन भने मुटुको बिरामी हुने सम्भावना बढ्छ । मोटोपन बढ्ने समस्याको कारण असन्तुलित आहार हो । अहिले धेरै मानिस घरमा बनेको खाना खानुभन्दा बाहिरको खाना, जंक फुड आदि बढी खान्छन् । नभ्याएको समयमा तथा मुखको स्वादका लागि यस्ता खाना सहज हुन्छन् । यो पनि मोटोपनको विभिन्न कारणमध्ये एक हो ।

वर्तमान युगमा स्मार्ट फोन, आइप्याड, टेलिभिजन, इन्टरनेट आदिका कारण मानिस यसमै भुलेर घन्टौं एकै ठाउँमा समय बिताउँछन् । यसले गर्दा शारीरिक सक्रियता कम हुन्छ । यो पनि मोटोपनको एउटा प्रमुख कारण हो । बालबालिकाहरू पनि अन्य खानेकुरा भन्दा जंक फुड नै मन पराउँछन् । जंक फुड खाँदा तथा शारीरिक सक्रियता नहुँदा मोटोपनको समस्या बढ्छ ।

आवश्यक मात्रा

बालबालिकालाई उनीहरूको शरीरले मागेको भन्दा बढी ख्वाए वजन बढ्छ । आवश्यकभन्दा बढी वजन बढ्दै गएर पछि मोटो हुने सम्भावना पनि रहन्छ । मोटोपनबाट जोगिन सही मात्रामा सही गुणस्तरको खाना ख्वाउनुपर्छ ।

खानामा नियन्त्रण

खानपानमा ध्यान दिए मोटोपनको खतराबाट जोगिन सकिन्छ । यसबाट बच्न वजन कम गर्नुपर्छ भने खानामा नियन्त्रण गर्नुपर्छ । ३ देखि ६ महिनाभित्र ५ देखि १० प्रतिशत वजन घटे सजिलै आफ्नो लक्ष्यमा पुग्न सकिन्छ । एक हप्तामा ५ सय ग्रामदेखि १ किलोग्रामसम्म तौल घटाउनु सुरक्षित हुन्छ ।

मोटोपनसँग लड्ने

बीएमआई (बडी मास इन्डेक्स) तथा डब्ल्युएचआर (बेस्ट हिप रेसियो) मा नजर राख्नुपर्छ । विशेषज्ञहरूका अनुसार जसमा बडी मास इन्डेक्स २५ भन्दा धेरै हुन्छ ऊ मोटोको श्रेणीमा आउँछ । यसैगरी वेस्ट हिपको रेसियोमा ०.९० भन्दा बढी तथा महिलाको ०.८५ बढी हुनुको अर्थ पेटको मोटोपन हो ।

खानपानको योजना बनाउनु

सही समयमा राम्रो भोजन खानु जरुरी हुन्छ । न्युट्रिसियनिस्टको सल्लाहमा डाइट चार्ट बनाउनुपर्छ । त्यसमा आफूले कुन समयमा के खाने भन्ने कुरा समावेश गर्नुपर्छ । एक हप्ताको खानपानको योजना बनाउनुपर्छ । डाइटमा सबै आवश्यक पोषक तत्व, प्रोटिन तथा भिटामिन समावेश हुनुपर्छ । चिल्लो तथा कार्बोहाइड्ेरडको मात्रा कम हुनुपर्छ । यो मोटोपनबाट जोगिने सबैभन्दा उत्तम उपाय हो । क्रिम भएका खानेकुरा, दूध तथा अन्य डेरी प्रोडक्टभन्दा अन्य खानेकुरामा जोड दिनुपर्छ । यसैगरी दिनहुँ पाँच पटकभन्दा बढी सलाद, फलफूल तथा सागपात खाने बानी बसाल्नुपर्छ । थोरै–थोरै पटक–पटक खाइरहनुपर्छ । आफ्नो मुख्य खाना अर्थात् लञ्च तथा डिनरमा खानाको आधा प्लेट सलाद, भात, माछा, मासु तथा तरकारी खानु उचित हुन्छ । यसैगरी बेलुकाको खाना हल्का खानुपर्ने भएकाले पास्ता तथा ब्रेड खान सकिन्छ । बिहान खाएर एकैपटक बेलुका खानुभन्दा बीचमा खाजा पनि खानुपर्छ । हरेक पटक थोरै–थोरै खाँदा डाइट इनर्जी डेन्सिटी कम गर्न मद्दत पुग्छ । अन्य पेय पदार्थ भन्दा पनि पानी पिउनुपर्छ ।

खानेबेलामा टिभी नहेर्ने

कतिपयमा टेलिभिजन हेर्दै खाना खाने बानी हुन्छ । यसैगरी केही मानिस पढ्दै खान्छन् । यसो गर्दा खानाका साथै अन्य कुरामा पनि ध्यान जाने भएकाले आवश्यकभन्दा बढी मात्रामा खाइन्छ भने खानालाई राम्रोसँग नचपाई निलिन्छ । सही पाचनका लागि खानालाई राम्रोसँग चपाएर मात्र निल्नुपर्छ ।

कम खाने तथा एकैपटकमा धेरै नखाने

खाना खाँदा असुरक्षित तरिका अपनाउनुहुँदैन । यसकारण कुनै खानेकुरा आफ्नो डाइटबाट गायब गर्ने । आफूलाई तौल बढेजस्तो लागे बिस्तारै–बिस्तारै मोटोपन घटाउनुपर्छ । तीव्र गतिमा तौल घटाउने प्रयास गर्नुहुँदैन । यसले स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउँछ । यसैगरी एकैपटक धेरै खाने बानी हटाउनुपर्छ । भोक लागेका बेलामा स्वादका लागि भन्दा पनि स्वास्थ्यलाई ध्यान दिएर खाना खानुपर्छ । तनावमा भएका बेलामा पनि आवश्यकभन्दा बढी खाइन्छ । स्न्याक्समा पनि स्वस्थकर चीज खानुपर्छ ।

व्यायाममा ध्यान दिनु

शारीरिक रूपमा सक्रिय नहुनु स्वास्थ्यका दृष्टिले हानिकारक हुन्छ । बढी क्यालोरी तथा कोलेस्ट्रोल, वृद्धि गर्ने चिल्ला खानेकुरा खाइने भएकाले त्यसको सन्तुलनका लागि पनि शारीरिक व्यायामको आवश्यकता पर्छ । शारीरिक अभ्यास नगर्दा यी चीज फ्याटका रूपमा शरीरमा जम्मा हुन्छ । एक स्पोट्र्स मेडिसिनका अनुसार मोटा मानिसले कम्तीमा पनि साताभर १ सय ५० मिनेट अर्थात् दिनको २२ मिनेट व्यायाम गर्नुपर्छ । एरोबिक्स, जगिङ, वाकिङ, रनिङ आदि व्यायाम तथा योग गर्नु उपयुक्त हुन्छ । व्यायाम तथा योग गर्दा हर्टएट्याक, उच्च रक्तचाप एवं मधुमेह नियन्त्रणमा रहन्छन् ।

समझदारीबाट खरिद

भान्सा तथा फ्रिजमा धेरै दिनदेखिका बासी खानेकुरा राख्नु हुँदैन । धेरै दिनसम्म राखिएका खानेकुरा खाँदा बेफाइदा हुन्छ । दिनहुँ बाहिर हिँडडुल गर्दा तरकारी तथा फलफूल खरिद गर्न सकिन्छ । यसो गर्दा ताजा खानेकुरा खान सकिन्छ । मोटोपन गम्भीर स्वास्थ्य समस्याको कारण भएकाले तौल बढेको महसुस भए सतर्कता अपनाउनुपर्छ । खानपानको सही तरिका नै मोटोपन कम गर्ने प्रमुख उपाय हो ।

महत्वपूर्ण तथ्य

खराब पोषण, कम व्यायाम तथा सस्तो बोसोयुक्त खानेकुरा मोटोपनको मुख्य कारण हो । यसका अतिरिक्त कुनै औषधि, तनाव, निद्राको कमी तथा वंशानुगत कारणले पनि कसैकसैलाई मोटोपन हुन्छ ।

-    साधारणतया मानिसहरू खाना खाएजति शारीरिक श्रम वा व्यायाम गर्दैनन् । समयमै सुत्ने तथा उठ्ने रुटिन पनि कमैको हुन्छ । यसका साथै काम गर्ने तरिका, उठबस गर्ने तरिकाले पनि यसमा असर पार्छ । महिलाहरू आफ्नो स्वास्थ्यको त्यति परबाह गर्दैनन् । नियमित खानपान, आराम तथा पूर्णनिद्राको वास्ता गर्दैनन् ।

-   गर्भावस्था शिशु तथा आमा कमजोर हुँदा पनि ओबेसिटीको समस्या बढ्छ । महिलाले स्वस्थ बच्चा जन्माउन आवश्यकभन्दा बढी मात्रामा खानेकुरा खान्छन् ।

- शरीरमा ओबेसिटी भए–नभएको बडी मांस इन्डेक्स (बीएमआई) बाट थाहा पाइन्छ । बीएमआई २५ भन्दा बढी भए त्यस्ता मानिसलाई ओबेसिटीको श्रेणीमा राख्न सकिन्छ । फास्टफुडको सेवन तथा व्यस्त जीवनशैलीका कारण फिजिकल्ली इनएक्टिभ भइन्छ । यसले गर्दा पेट तथा वरपरको अंगको बोसो बढ्छ ।

 Image