Successfully Copied

महिलामैत्री बन्दै वित्तीय क्षेत्र

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालको अग्रणी बीमा कम्पनी भएजस्तै बीमा क्षेत्रका लागि यो शाखा अन्य शाखाको तुलनामा अग्रणी स्थान ओगट्न सफल छ । यो शाखाबाट बीमासम्बन्धी सम्पूर्ण सेवा–सुविधा उपलब्ध गराइन्छ । पाण्डे भन्छिन्–‘महिलाहरू आपसमा कुरा काट्ने, खुट्टा तान्ने गर्छन् भन्ने नेपाली कथनलाई हाम्रो

 

नेपालमा वित्तीय क्षेत्रको विकास दु्रत गतिमा भैरहेको छ । यस क्षेत्रमा महिलाको सहभागिता पनि बढ्दो छ । महिलाको इमान्दारिताकै कारण अर्थजस्तो संवेदनशील क्षेत्रमा महिलालाई बढी विश्वास गरिन्छ । वित्तीय क्षेत्रमा महिलाको सहभागिता मात्र होइन महिलाका लागि सेवा–सुविधा पनि थपिँदै गएका छन् । महिला लक्षित विविध स्किम, योजना तथा सेवा नेपालका बैंक तथा वित्तीय क्षेत्रमा क्रमिक रूपमा बढिरहेको पाइन्छ । नेपालमा संचालित सरकारी तथा निजी बैंकलगायत विभिन्न  वित्तीय संघ–संस्थाहरूले फरक–फरक नाममा सुलभ बचत र राम्रो ब्याजदरमा नारी बचत खातामार्फत पनि यो क्षेत्रमा महिला सहभागिताका लागि उत्प्रेरित गरिरहेको पाइन्छ । यो क्षेत्रप्रति महिलाको विश्वास र आकर्षण गजबले वृद्धि हुँदै गएको छ ।

नीराजन कँडेल, डेपुटी–सिईओ, रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी बालजीवन योजना तथा १८ घातक रोगविरुद्धको रक्षावरण लिएर अघि बढेको छ । एक महिने शिशुको समेत बीमा गर्न सकिने यो योजनाअन्तर्गत शिशु तथा अभिभावक (प्रस्तावक) दुवैजनाको एउटै अभिलेखद्वारा जीवन रक्षावरण गर्न सकिन्छ । यो योजनाले शिशुको दीर्घकालीन आर्थिक सुरक्षा तथा बचतको सुनिश्चितता प्रदान गर्छ । अतिरिक्त सुविधाअन्तर्गत १८ घातक रोग रक्षावरण योजना कम्पनीले हालै सार्वजनिक गरेको हो । यो सुविधाअन्तर्गत न्यूनतम बीमा शुल्कमा कुनै एक घातक रोगमा ५० लाखसम्म एकमुष्ठ रकम प्रदान गरिन्छ ।

नितु पाण्डे, शाखा प्रमुख,

शिखर इन्स्योरेन्स कम्पनी, चावहिल

यो महिलाले मात्र चलाएको शाखा हो । बीमाको क्षेत्रमा अग्रस्थानमा रहेको शिखर इन्स्योरेन्सको यो शाखा अझ अग्रपंक्तिमा छ । महिला मात्र हुँदा काम गर्न सहज पनि छ । दु:ख पर्दा सेवा प्रदान गरिने बीमा क्षेत्रमा हामी महिला हरसमय सेवाका लागि तत्पर छौं । सल्लाह–सुझावका लागि २४ घन्टे टेलिफोन सुविधा उपलब्ध छ । यो घटना–दुर्घटनासँग पनि सरोकार राख्ने काम भएकाले बिदाका दिन पनि सेवा प्रदान गरिन्छ । महिला मात्र कर्मचारी भएको शाखा भए पनि यो शाखा तीज र पञ्चमीका दिन समेत खुल्ला रहन्छ ।

पवनकुमार खड्का, कर्पोरेट तथा फरेन एक्सपार्टियट इन्स्योरेन्स हेड, नेपाल लाइफ इन्स्योरेन्स

जबसम्म महिलाको स्वास्थ्य सबल हुँदैन तबसम्म दक्ष जनशक्ति उत्पादनमा बाधा आइरहन्छ । बीमा भन्ने चीज विशेषत: स्वास्थ्य, घटना–दुर्घटना एवं जीवनका विविध योजनासँग सम्बन्धित रहने कुरा हो । हामी महिला स्वास्थ्यलाई ध्यानमा राखी उक्त जोखिम सम्बोधन गर्ने गरी नयाँ योजना ल्याउने तयारीमा छौं । यसका सकारात्मक पक्षहरू बुझेरै होला अहिले महिला बीमा प्रयोगकर्ताको संख्या बढ्दो छ । जुन यस क्षेत्रका लागि सकारात्मक एवं नेपाली जनताका लागि फाइदाको कुरा हो ।

 Image