Successfully Copied

कीर्तिमानी आरोहीको अनुभव

फुर्वाका अनुसार सगरमाथा चढ्ने सपना भएर मात्र हुँदैन । त्यसका लागि शारीरिक रूपमा सबल तथा आर्थिक पक्षमा मजबुत हुनुपर्छ । सगरमाथा चढ्नुभन्दा अघि विभिन्न प्रशिक्षण प्रदान गरिन्छ । त्यस क्रममा ६ हजार मिटरसम्मका हिमालहरू चढाइने उनले बताए । त्यसपछि ऊ कति हिँड्न सक्छ,

प्रथम महिला पत्रकार सगरमाथा आरोहण–२०१८ समूहका चार पत्रकारलाई सर्वोच्च शिखरको चुचुरोमा सफल आरोहण गराएका कीर्तिमानी आरोही फुर्वा तेञ्जिङ शेर्पाले थप नयाँ कीर्तिमान राखेका छन् ।

फुर्वाका अनुसार सगरमाथा चढ्ने सपना भएर मात्र हुँदैन । त्यसका लागि शारीरिक रूपमा सबल तथा आर्थिक पक्षमा मजबुत हुनुपर्छ । सगरमाथा चढ्नुभन्दा अघि विभिन्न प्रशिक्षण प्रदान गरिन्छ । त्यस क्रममा ६ हजार मिटरसम्मका हिमालहरू चढाइने उनले बताए । त्यसपछि ऊ कति हिँड्न सक्छ, चढ्न सक्छ भन्ने अनुमान हुन्छ ।

फुर्वाका अनुसार पत्रकार आफै गएर, हेरेर, दु:ख बुझेपछि आरोहणसम्बन्धी कुरा बाहिर आउने उनको सोच हो । बेसिक ट्रेनिङ, जुत्ता कसरी लगाउनेदेखि हिऊँ कसरी झार्नेसम्मका कुरा राम्रोसँग सिकेर मात्र हिमाल चढ्नुपर्ने फुर्वा बताउँछन् । पत्रकार महिलाहरूका लागि हिमाल आरोहण कठिन भएपछि १ जनाका लागि २ जना शेर्पाको व्यवस्था गरिएको उनले बताए ।

सगरमाथा चढ्ने हो भने

१.    शारीरिक रूपमा पूर्ण स्वस्थ ।

२.    पैसा खर्च गर्न सक्ने ।

३.    नाम कमाएर देखाउँछु भन्ने दृढता ।

४.    एक जनाका लागि ३५ लाख खर्च ।

यति भएपछि प्रशिक्षण लिएर गाइडको रेखदेखमा सगरमाथा आरोहण गर्न सकिन्छ ।

 Image