Successfully Copied

सिजन मिडियाको दशौं वार्षिक उत्सव

एक दशकदेखि फेशन, इभेन्ट, र व्युटी पेजेन्टमा सक्रिय सिजन मिडियाले संस्था स्थापनाको १० औं वर्षको अवसर पारेर विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरुलाई काठमाडौंमा एक समारोहबीच सम्मानित गरेको छ । फेशन शो र विभिन्न सांगीतिक कार्यक्रम सहित गत साता एउटा समारोहबीच उक्त सम्मान गरेको

एक दशकदेखि फेशन, इभेन्ट, र व्युटी पेजेन्टमा सक्रिय सिजन मिडियाले संस्था स्थापनाको १० औं वर्षको अवसर पारेर विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरुलाई काठमाडौंमा एक समारोहबीच सम्मानित गरेको छ । फेशन शो र विभिन्न सांगीतिक कार्यक्रम सहित गत साता एउटा समारोहबीच उक्त सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि ऊर्जा, जलस्रोत तथा सिाचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले सो सम्मान प्रदान गरेका हुन् । पत्रकारितामा विशेष योगदान सम्मानबाट राजधानी दैनिकका वरिष्ठ उपसम्पादक डब्बु क्षत्री र पत्रकारिता योगदान सम्मानबाट रातोपाटीका पत्रकार कुवेर गिरी, मोडलिङमा पुर्‍याएको  योगदानको सम्मानबाट पूर्व मिस नेपाल इन्टरनेसनल सुभेच्छा खड्का, कोरियोग्राफीतर्फको योगदानबाट रोजिन शाक्य सम्मानित भए ।

मिस वल्र्ड डाइभर्सिटी विजेता युनिता कर्मचार्य, मिस इन्डिया स कन्टिनेन्ट उपविजेता नितिका कर्मचार्य, मिस ई–कलेज २०१३ उपविजेता नेहा पोखरेललाई सौन्दर्य सम्मान प्रदान गरियो । यस्तै, ह्वाइटहाउस इन्टरनेसनल कलेजका प्रिन्सिपल युवराज शर्मा, शुभतारा स्कुलका शिक्षक प्रेम गुरुङ, अक्षरा स्कुलकी प्रिन्सिपल अञ्जु भट्टराई, नेपाल प्रहरी स्कुल साँगाका प्रिन्सिपल नविनमान श्रेष्ठ, शिक्षा सम्मानबाट सम्मानित गरिएका थिए ।

सोही कार्यक्रममा सिजन मिडियाको आयोजनामा संचालन भएका विभिन्न कार्यक्रमहरुका विजेता उपविजेताहरु तथा एयर होस्टेस् तालिम लिइरहेको युवा युवतीहरुले मोडलका रुपमा फेसन शो प्रस्तुत गरेका थिए । फेसन शोमा बालबालिका, टिनएजर, युवतीहरु देखि विवाहिता समेतको सहभागिता रहेको थियो ।

 Image