Successfully Copied

प्रथम महिला पत्रकार समूह

प्रथम महिला पत्रकार सगरमाथा आरोहण–२०१८ को धारणा रोशा बस्नेतको हो । मोरङमा जन्मिएकी रोशा जस्तोसुकै अप्ठ्यारो र बाधा–अड्चनमा पनि जुध्न तयार रहन्छिन् । अध्ययनमा रुचि राख्ने रोशा राष्ट्रिय समाचार समितिमा अंग्रेजी समाचार सम्पादकका रूपमा कार्यरत छिन् । सगरमाथा चढ्नु शारीरिक, मानसिक, आर्थिक तथा

राष्ट्रिय समाचार समितिकी पत्रकार रोशा बस्नेतसहितको प्रथम महिला पत्रकार सगरमाथा आरोहण–२०१८ समूहले सगरमाथाको सफल आरोहण गरेको छ । समूहका पाँचमध्ये चार जनाले मात्र सगरमाथाको सफल आरोहण गरेका हुन् । उनीहरूमध्ये न्युज २४ टेलिभिजनकी पत्रकार प्रियालक्ष्मी कार्कीले मात्र सगरमाथा आरोहण गर्न सकिनन् । सगरमाथाको शिखरमा पुग्ने महिला पत्रकारमा रोजिता बुद्धाचार्य, रोशा बस्नेत, मेघा टेलिभिजनकी कल्पना महर्जन तथा स्वतन्त्र पत्रकार देउराली चाम्लिङ छन् । ‘समानताका लागि बुलन्द आवाज’ भन्ने नारासहित महिला पत्रकार समूह सगरमाथा आरोहणमा गएको थियो । उनीहरूले सगरमाथामा नेपाल पत्रकार महासंघको झण्डा पनि पुर्‍याएका थिए ।

देउराली चाम्लिङ

हिमाल चढ्नकै लागि जन्मिएजस्ती देखिने ३५ वर्षीया देउराली चाम्लिङ टिममा सबैभन्दा म्याचुएर्ड छिन् । काम सानो–ठूलो नहुने, श्रमको सम्मान गर्ने र कामको सही मूल्याङ्कन हुनुपर्छ भन्ने मान्यता राख्ने चाम्लिङले धरानको ‘ब्ल्यास्ट टाइम्स दैनिक’ बाट पत्रकारिता सुरु गरेकी हुन् । त्यसपछि उनले मीरा टाइम्स तथा वुमेन्स एरा मासिकको उप–सम्पादकका रूपमा काम गरिन् । काठमाडौंमा उनको पत्रकारिता यात्रा मैत्री एफएमबाट सुरु भयो । यात्रा एवं साहसिक काममा रमाउने भएर होला उनी नेपालका ५० भन्दा बढी जिल्ला पुगिसकेकी छिन् । देउरालीले भविष्यमा राम्रो ‘राइटर क्याम्प’ स्थापना गर्ने लक्ष्य लिएकी छिन् जुन क्याम्पमा कृषि, पर्यटन तथा संस्कृति समेटिएको हुनेछ । उनी लेखिका झमक घिमिरे तथा वैज्ञानिक स्टेफन हकिन्सबाट निकै प्रभावित भएको बताउँछिन् ।

कल्पना महर्जन

समाजमा महिलाको विकास, नेपाली पत्रकारिता तथा नेवारी समाजमा विशेष योगदान गर्न चाहने ललितपुरवासी कल्पना महर्जन एक छोराकी आमा हुन् । पर्यटन पत्रकारितामा झन्डै एक दशक पार गरिसकेकी ३२ वर्षीया कल्पनाले धेरै संघ, संगठनको नेतृत्व गरिसकेकी छिन् । कल्पनाले यसअघि सन् २०१४ मा पनि सगरमाथा आरोहण गर्ने प्रयास गरेकी थिइन् । अभ्यास र तालिमका क्रममा उनी मेरापिक दुर्घटनामा परिन् । सात दिन कोमामा बसेरर सात हप्तामा साधारण अवस्थामा आइपुगेकी कल्पना त्यो क्षण सम्झदै भन्छिन्न्–‘यो मेरो दोस्रो जन्म हो र म बाँचेको सगरमाथा चढ्नलाई नै हो ।’ कल्पना हाल मेघा टेलिभिजनमा सिनियर प्रोग्राम प्रिजेन्टर तथा प्रोड्युसरका रूपमा कार्यरत छिन् ।

रोशा बस्नेत

प्रथम महिला पत्रकार सगरमाथा आरोहण–२०१८ को धारणा रोशा बस्नेतको हो । मोरङमा जन्मिएकी रोशा जस्तोसुकै अप्ठ्यारो र बाधा–अड्चनमा पनि जुध्न तयार रहन्छिन् । अध्ययनमा रुचि राख्ने रोशा राष्ट्रिय समाचार समितिमा अंग्रेजी समाचार सम्पादकका रूपमा कार्यरत छिन् । सगरमाथा चढ्नु शारीरिक, मानसिक, आर्थिक तथा सामाजिक पक्षबाट निकै चुनौतीपूर्ण भएको उनको बुझाइ छ ।

प्रियालक्ष्मी कार्की

न्युज २४ टेलिभिजनकी प्रियालक्ष्मी कार्की टिमकी अर्की सदस्य हुन् । सानो उमेरदेखि नै स्पोर्टस् लभर प्रियालक्ष्मी साहसिक काम गर्न पनि उत्तिकै रुचाउँछिन् । जीवनमा एकपटक सगरमाथा चढ्छु भनेर बसेकी कार्की १० वर्षदेखि यही सोचमा थिइन् । सगरमाथा चढ्नु उनको रहर र बाध्यता होइन, मात्र महिला सशक्तीकरणको सन्देश हो । साहस र आत्मविश्वास हुँदाहुँदै पनि स्वास्थ्यका कारण यसपटक सगरमाथा चढ्ने उनको सपना अधूरै रह्यो । यद्यपि उनले हरेस खाएकी छैनन् ।

 

रोजिता बुद्धाचार्य

नेपाल टेलिभिजनकी रोजिता बुद्धाचार्य टिमकी अर्की सदस्य हुन् । २५ वर्षीया रोजिताले पाँच वर्षअघिदेखि नेपाल टेलिभिजनमा आजको विज्ञान कार्यक्रम संचालन गर्दै आएकी छिन् । विज्ञानको संसारमा रमाइरहेकी रोजिता नेपालभन्दा अन्तर्राष्ट्रिय क्षेत्रमा बढी परिचित नाम हो । उनी हालसालै नासामा ताराहरूको अध्ययन गरेर फर्किएकी हुन् । सधै टप गर्ने रोजिताले नासामा पनि टप गरिन् ।

नासामा ताराहरूको अध्ययन गर्ने रोजिता प्रथम नेपाली हुन् । आफ्नो राष्ट्रका निम्ति एउटा इतिहास कोरिसकेकी रोजिता प्रथम महिला पत्रकार सगरमाथा आरोहणकी टिम लिडरका रूपमा सफल पनि भैसकेकी छिन् ।

उनकै मेहनत तथा लिडरसिपका कारण ४ महिला पत्रकारले सगरमाथा आरोहणमा सफलता हात पारेका हुन् । झमक घिमिरेको जीवनमा आधारित चलचित्र ‘जीवन काँडा कि फूल’ मा झमकको भूमिकामा देखिएकी रोजिता अब संसारको सबैभन्दा अग्लो चुचुरो सगरमाथाबाट आकाशका ताराहरू नियाल्न चाहन्छिन् ।

 Image