Successfully Copied

प्रथम महिला सगरमाथा आरोही जुन्को

वि.सं. ०५० वैशाख १० गते पासाङ ल्हामु शेर्पाले सगरमाथाको सफल आरोहण गरिन् । ल्हामुको उक्त सफलता अहिले नेपाली महिलाका लागि मार्गदर्शन मात्र नभई नेपाली इतिहासमै कोसेढुङ्गा साबित भएको छ । सगरमाथा चढ्नुभन्दा पहिले उनले मोन्ट ब्लाङ्क, चो यू तथा अन्य हिमालको सफल आरोहण

प्रथमपटक सगरमाथाको आरोहण गरेर कीर्तिमान कायम गर्ने जापानकी महिला आरोही जुन्को ताबेई हुन् । सन् १९७५ मा प्रथम महिलाका रूपमा सगरमाथा आरोहण गरेकी ताबेईले विभिन्न देशका ७० वटाजति हिमाल चढेको अनुभव बटुलेकी थिइन् । त्यतिबेला सगरमाथा आरोहण गर्नेहरूमा पुरुषहरूकै एकाधिकार थियो । त्यतिबेला महिलाले सगरमाथा चढ्नु भनेको काल्पनिक कुरा मात्र मानिन्थ्यो । यद्यपि पुरुषहरूले मात्र होइन महिलाहरूले पनि सगरमाथा आरोहण गर्न सक्छन् भन्ने सोच राख्ने जुन्कोले सन् १९९२ भित्र सातै महाद्वीपका उच्च हिमालको सफल आरोहण गरिसकेकी थिइन् । ताबेईको जन्म सन् १९३९ मा जापानको मिहासमा भएको थियो । उनको लक्ष्य र सपना संसारका सबै उच्च हिमाल आरोहण गर्ने थियो । ताबेई ७७ वर्षको उमेरमा क्यान्सरका कारण मृत्यु भयो ।

प्रथम महिला सगरमाथा आरोही : पासाङ ल्हामु शेर्पा

वि.सं. ०५० वैशाख १० गते पासाङ ल्हामु शेर्पाले सगरमाथाको सफल आरोहण गरिन् । ल्हामुको उक्त सफलता अहिले नेपाली महिलाका लागि मार्गदर्शन मात्र नभई नेपाली इतिहासमै कोसेढुङ्गा साबित भएको छ । सगरमाथा चढ्नुभन्दा पहिले उनले मोन्ट ब्लाङ्क, चो यू तथा अन्य हिमालको सफल आरोहण गरेकी थिइन् । पासाङको जन्म सोलुखुम्बु जिल्लाको चौंरीखर्क, लुक्ला सुर्के–४ मा २०१७ साल मंसिरमा भएको थियो । पासाङ सन् १९७९ देखि पूर्णरूपमा ट्रेकिङ पेसामा लागेकी थिइन् । सन् १९९० र त्यसपछि लगातार दुई वर्ष सगरमाथा आरोहण गर्ने उनको प्रयास असफल भयो । चौथो पटकको प्रयासपछि उनी सफल त भइन् तर दु:खको कुरा सगरमाथाको सफल आरोहण गरेर फर्कने क्रममा हिम आँधीमा परेर उनको निधन भयो । पासाङले दक्षिणी मोहडाबाट सगरमाथा आरोहण गरेकी थिइन् । पासाङ ल्हामुको साहसको सम्मान गर्दै नेपाल सरकारले २०५९ साल वैशाख १० गते उनलाई राष्ट्रिय विभूति घोषणा गर्‍यो । उनलाई नेपाल सरकारले नेपाल तारा अलंकारले सम्मानित (मृत्युपर्यन्त) समेत गरेको छ । यसका साथै उनको पूर्ण कदको शालिक स्थापना गरिएको छ भने उनको तस्बिरसहितको हुलाक टिकटसमेत प्रकाशित भएको छ । उनको नाममा पासाङ ल्हामु पर्वतारोहण फाउन्डेसन पनि सञ्चालित छ । पूर्वी नेपालको नाम्चे गाउँ विकास समितिअन्तर्गतको ७ हजार ३ सय ५१ मिटर अग्लो ‘जासम्बा’ नामको चुचुरोलाई पासाङ ल्हामु चुली नामकरण गरिएको छ ।

सबैभन्दा बढी सगरमाथा चढ्ने महिला : लाक्पा

लाक्पा शेर्पाले सर्वाधिक सगरमाथा चढ्ने आरोहीको रेकर्ड बनाएकी छिन् । शेर्पाले ९ पटक सगरमाथा आरोहण गरेर उक्त रेकर्ड बनाएकी हुन् । ६ पटक सगरमाथा चढेकी अमेरिकी नागरिक मेलिसा आर्मोट रेडले लाक्पालाई दोस्रो नम्बरमा पछ्याइरहेकी छिन् । लाक्पाले सन् २००० मा पहिलो पटक सगरमाथा आरोहण गरेकी थिइन् ।

तामाङ समुदायबाट : कान्छीमाया

तामाङ समुदायकी प्रथम महिला आरोहीका रूपमा सिन्धुपाल्चोककी कान्छीमाया तामाङले जेठ ६ गते बिहान ६ बजे सगरमाथाको सफल आरोहण गरिन् । तामाङले मानव बेचबिखन तथा खेलकुदमा लैङ्गिक असमानताविरुद्धको सन्देश विश्वभर पुर्‍याउने उद्देश्यले सगरमाथा आरोहण गरेकी हुन् । वैदेशिक रोजगारीका क्रममा ६ वर्ष इजिप्ट बसेर आएकी कान्छीमायाले नेपालमै केही गर्न सक्छु भन्दै आरोहणमा हात हालेकी हुन् । सगरमाथा आरोहणपछि आफूमा ऊर्जा संचार हुनुका साथै मनोबल पनि बढेको कान्छीमायाको अनुभव छ । उनले ट्रेकिङ गाइडको लाइसेन्स लिएर काम सुरु गरिसकेकी छिन् । आत्मविश्वास भयो भने असम्भव केही छैन भन्ने कान्छीमाया हिमाल चढ्ने मौका मिलेसम्म चढिरहने बताउँछिन् ।

एकल महिला दावा दिकी

सन् २०१५ को भूकम्पका बेला दिकीका श्रीमान् लाक्पा छिरिङ शेर्पाको सगरमाथा चढ्ने क्रममै मृत्यु भएको थियो । त्यसपछि दुई सन्तान र घर सम्हाल्ने जिम्मा एकल महिला दावा दिकीमाथि आइपर्‍यो । श्रीमान् सक्रिय रहेको पेसामै केही गरौं भनेर उनले सगरमाथा आरोहण गरेकी हुन् । दिकी ट्रेकिङ गाइडका रूपमा कार्यरत छिन् । दिकीका अनुसार हिमाल आरोहणमा नाम, दामका साथै रिस्क पनि त्यत्तिकै छ । ज्यानको माया मारेर आरोहणमा जानुपर्छ ।

 Image