Successfully Copied

प्रिन्स एण्ड प्रिन्सेस् इन्टरनेसन

थाइल्याण्डको फुकेट शहरमा सम्पन्न बालबालिका तथा टिनएजर सम्बन्धी अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा टिम नेपालले सफलता आर्जन गरेको छ । गत जुलाई २५ देखि ३० तारिख सम्म संचालन भएको उक्त प्रतियोगितामा नेपालका तर्फबाट सहभागी गोदावरी निवासी १२ वर्षिया प्रितान्सा थापाले मिस लिटिल प्रिन्सेस् इन्टरनेसनल २०१८

थाइल्याण्डको फुकेट शहरमा सम्पन्न बालबालिका तथा टिनएजर सम्बन्धी अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा टिम नेपालले सफलता आर्जन गरेको छ । गत जुलाई २५ देखि ३० तारिख सम्म संचालन भएको उक्त प्रतियोगितामा नेपालका तर्फबाट सहभागी गोदावरी निवासी १२ वर्षिया प्रितान्सा थापाले मिस लिटिल प्रिन्सेस् इन्टरनेसनल २०१८ को शीर्ष उपाधि जित्न सफल भएकी छिन् ।

सोही प्रतियोगितामा सहभागिता जनाएका ठमेल निवासी १६ वर्षिय रोमश श्रेष्ठले मिष्टर टिन प्रिन्स इन्टरनेसनल २०१८को फस्ट रनर अप स्थान हासिल गरेका छन् भने उनले मिष्टर टिन एशियाको अवार्ड समेत प्राप्त गरेका छन् । प्रतियोगितामा गोकर्णेश्वर निवासी १७ वर्षिया अस्मिता ढुंगानाले मिस टिन प्रिन्सेस् इन्टरनेसनल २०१८ तर्फ सेकेन्ड रनर अप स्थान प्राप्त गरेकी छिन् ।

प्रिन्स एण्ड प्रिन्सेस् इन्टरनेसनल २०१८ मा नेपालको तर्फबाट प्रि टिन समूहमा प्रतिस्पर्धा गरेका हर्षित अग्रवालले वेष्ट इन्टरभ्यु अवार्ड जितेका छन् भने प्रि टिन समूहमै सहभागिता जनाएकी अनुजा पन्तले मिस चार्मिङ विधाको अवार्ड जित्न सफल भइन् । सो प्रतियोगितामा मिनी मिष्टर र मिस विधामा स्पर्श खड्गी र प्रविश्ति चन्द ठकुरीले सहभागीता जनाएका थिए ।

 Image