Successfully Copied

हङकङमा स्थापित बन्दै ‘सेन्स अफ क्लिक’

नेपाली फेसन र मोडलिङलाई अन्र्तराष्ट्रिय स्तरमा चिनाउँनका लागि प्रयासरत सेन्स अफ क्लिकले पछिल्लो समय फेसन डिजाईनिङ शोरुम खोलेर आफ्ना ग्राहकहरुलाई थप सेवा दिईरहेको छ । चर्चित नेपाली डिजाईनर तेन्जिङ भुटिया र युबी थापाका डिजाईनहरुको विक्रि बितरण गरिरहेको सेन्स अफ क्लिकले ग्राहकहरुको अनुरोधमा केहि

पवन सुब्बालाई लागेको थिएन, एकदिन मोड्लिङ र फेसन डिजाईनिङ जीवनको पर्यायवाची बन्छ भनेर । भविष्य र करियरको रनभुल्लमा पर्दै एकदशक बिताएका पवनले कलकत्ताको एक फेसन डिजाईन कम्पनीमा एसिस्टेन काम गर्दा गर्दै केहि योजनाहरु बनाईसकेका थिए । त्यहि योजना र दृढ ईच्छा शक्तिले आज एसियाकै फेसन हव हङ्कङमा स्थापित बन्दैछन्  ‘सेन्स अफ क्लिक ।’

मोडलिङ् एजेन्सीबाट करियर शुरु गरेका पवनलाई शुरुवाती दिनमा धेरै सङ्घर्ष गर्नु पर्‍यो । साथी मौसम श्रेष्ठसँग मिलेर मोड्लिङमा ईच्छा राख्ने युवायुवतीहरुलाई कोरियाग्राफी, फोटोसुटसँगै फेसन र मोडलिङका लागि विभिन्न ईभन्टहरुको आयोजना गर्न थाले ।

कामप्रतिको निरन्तरताले नै हङ्कङेली नेपालीहरुमाझ पहिलो रोजाई बनिरहेको छ ‘सेन्स अफ क्लिक ।’ मोडलिङ र फेशन शोका ईभेन्टहरु आयोजना गरिरहने सेन्स अफ क्लिकले हन्ट फर सुपर मोडलको पनि आयोजना गरिरहेको छ । सुपर मोडलको पहिलो र दोश्रो संस्करणबाट पुजा राना र नरमता गुरुङ् बिजयी भईसकेका छन्, भने नरमताले मिस नेपालमा समेत भाग लिई मिस ट्यालेन्टको उपाधी जितिसकेकी छीन ।

नेपाली फेसन र मोडलिङलाई अन्र्तराष्ट्रिय स्तरमा चिनाउँनका लागि प्रयासरत सेन्स अफ क्लिकले पछिल्लो समय फेसन डिजाईनिङ शोरुम खोलेर आफ्ना ग्राहकहरुलाई थप सेवा दिईरहेको छ । चर्चित नेपाली डिजाईनर तेन्जिङ भुटिया र युबी थापाका डिजाईनहरुको विक्रि बितरण गरिरहेको सेन्स अफ क्लिकले ग्राहकहरुको अनुरोधमा केहि डिजाईनहरु आफैपनि तयार गर्न गर्छ ।

 

 Image