Successfully Copied

तीज गीतमा नीता र दिपेन्द्रको ‘छम्म छम्म’

गायिका मन्जु पौडेल र सन्तु थापाको स्वरमा रहेको गीत ‘छम्म छम्म’ बोलको तीज गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शिव हमालको शब्द तथा पवित्रा सर्तुङ्गे मगरको संगीत, आशिष अविरलको एरेन्ज रहेको छ ।

तीजमा ब्रत बसेकी श्रीमती तब खुशी हुन्छे जब उसको पती उसँगै नाच्न आउँछ । गीतको यही भावलाई भिडियोमा उतारिएको छ । निता ढुंगाना र दिपेन्द्र घिमिरेको अभिनय रहेको उक्त गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् । भिडियोमा राजेश घिमिरेको छायांकन र बिष्णु शर्माको सम्पादन रहेको छ ।

गीत तथा भिडियोलाई बिएमएस फिल्म्सले बजारमा ल्याएको हो । आधुनिक गीतको भिडियोमा मोडलिङको अनुभव लिइसकेका दिपेन्द्र पत्रकार हुन् । उनले तीज गीतमा भने पहिलो चोटि मोडलिङ गरेको बताए ।

‘आधुनिक र लोकगीतमा पहिला पनि काम गरेको थिएँ । तर तीज गीतमा पहिलो पटक हो । गाह्रो होला कि जस्तो लागेको थियो तर गायिका मञ्जु पौडेल र नीताको सहयोगका कारण सजिलो भयो,’ दिपेन्द्रले भने । नीताले पनि दिपेन्द्रको काम प्रोफेसनल मोडलभन्दा कम नरहेको बताइन् ।

गीतको म्यूजिक भिडियो :

 Image