Successfully Copied

एरिनाको तेस्रो नेत्र

२५ वर्षको चित्रकारिताको निरन्तरतामा उनले महिलाका थुपै्र आयाममा चित्र कोरिसकेकी छिन् । यद्यपि थर्ड आईको सिरिजमा विशेष आत्मसन्तुष्टि मिलेको उनी बताउँछिन् । एरिनाले थर्ड आईको सिम्बोल देवीकुमारी, महादेव तथा बुद्धबाट लिएकी हुन् । महिलाहरूलाई तेस्रो नेत्र आवश्यक छ । चित्रमा महिला हिंसाविरुद्ध सशक्तीकरणको

पुल्चोकस्थित जिजी मचान रेस्टुराँमा कलाकार एरिना ताम्राकारको इन बिट्विन द थर्ड आई शीर्षकको एकल चित्रकला प्रदर्शनी सम्पन्न भएको छ । उक्त प्रदर्शनीमा कलाकार ताम्राकारले सेलिब्रेसन अफ वुमनवुड थिमका चित्रकला प्रस्तुत गरेकी थिइन् । नारी प्रवृत्तिमाथि आकृति कोर्नु उनको आफ्नै स्टाइल हो । त्यसमा पनि उनी रिफ्लेक्स अफ लाइफ अर्थात् आममहिलाको व्यथा, पीडा, हाँसो, खुसी आदिबाट प्रभावित देखिन्छिन् । केही समययता एरिनाले थर्ड आई शीर्षकको सिरिज नै तयार पारेकी छिन् । उक्त प्रदर्शनीमा पनि त्यही थिमको चहकिलो रातो, नीलो, हरियो रंगमा तयार पारिएका पोट्रेटले सबैको मन जितेको देखिन्छ । आत्मविश्लेषण गर्दा हामी जसरी आँखा चिम्लिन्छौं, यो त्यही अवस्था हो, कलाकार एरिना ताम्राकार थर्ड आईको जिज्ञासा मेटाउँछिन् । उनका लागि तेस्रो आँखा भनेको चेतनाको प्रतीक हो ।

२५ वर्षको चित्रकारिताको निरन्तरतामा उनले महिलाका थुपै्र आयाममा चित्र कोरिसकेकी छिन् । यद्यपि थर्ड आईको सिरिजमा विशेष आत्मसन्तुष्टि मिलेको उनी बताउँछिन् । एरिनाले थर्ड आईको सिम्बोल देवीकुमारी, महादेव तथा बुद्धबाट लिएकी हुन् । महिलाहरूलाई तेस्रो नेत्र आवश्यक छ । चित्रमा महिला हिंसाविरुद्ध सशक्तीकरणको महत्वको सन्देशका साथै नारी र प्रकृति उस्तै हुन् भन्ने भाव पनि छ । एरिनाका अनुसार महिला हिंसाका समाचारहरूबाटै तेस्रो नेत्रको कन्सेप्ट जन्मिएको हो ।

एरिना थोरै रंग प्रयोग गरेर फिलिंगलाई प्राथमिकता दिन चाहन्छिन् । उनले एउटै रंगलाई मोनो स्टाइल दिएर पनि चित्र तयार पारेकी छिन् । कुनै बेला उनी वर्षभरि एउटा कलर र अर्काे वर्ष अरु नै कलर चलाउँछिन् । एरिनालाई एकपटक एउटै कलर चलाउँदा–चलाउँदै त्यो कलर खान नै मन लाग्ने गरी मन परेको अनुभव पनि छ । एरिना धेरैजसो रातो रंगमा चित्र तयार पार्छिन् । रातो रंग एरिनालाई ज्यान भएको, पोजिटिभ, शक्ति र समानताको प्रतीक लाग्छ । ताम्राकार भन्छिन्–हामी सबै प्राणीको रगत पनि त रातै हुन्छ ।

 Image