Successfully Copied

कौसीमै अर्गानिक तरकारी खेती

कौसी खेती घरको छतमा गमलामा तरकारी रोपेर गरिने खेती हो । परम्परागत तरिकाले गरिँदै आएको कौसी खेतीमा थोरै नयाँ प्रविधि प्रयोग गरी धेरै फाइदा लिन सकिन्छ । परम्परागत कौसी खेती गर्दा माटो वा सिमेन्टको गर्‍हौं गमला छतमा राखिन्थ्यो, जसमा धेरै तौल भएकाले घरलाई

सहरमा आफ्नै घर हुनेले कौसी खेती गर्न सके तरकारीका लागि बजारको भर पर्नु पर्दैन । घरमा थोरै खाली ठाउँ छ भने पनि गमलामा तरकारी लगाएर उक्त जग्गाको सदुपयोग गर्न सकिन्छ र स्वस्थकर अनि अर्गानिक तरकारी घरमै फलाउन सकिन्छ । रासायनिक मल एवं विषादीले तरकारी र फलफूलमा अचानक परिवर्तन ल्याइदिन्छ । त्यस्ता तरकारी तथा फलफूल आकर्षक देखिए पनि गुणस्तरहीन हुन्छन् । फलस्वरूप सेवनकर्ताको स्वास्थ्यमा नकारात्मक असर पर्छ । यस्ता समस्याबाट मुक्त हुने एक मात्र उपाय हो–अर्गानिक खेती ।

कौसी खेती

कौसी खेती घरको छतमा गमलामा तरकारी रोपेर गरिने खेती हो । परम्परागत तरिकाले गरिँदै आएको कौसी खेतीमा थोरै नयाँ प्रविधि प्रयोग गरी धेरै फाइदा लिन सकिन्छ । परम्परागत कौसी खेती गर्दा माटो वा सिमेन्टको गर्‍हौं गमला छतमा राखिन्थ्यो, जसमा धेरै तौल भएकाले घरलाई असर पर्ने, भूकम्प आउँदा खस्न सक्ने, हावाहुरीमा समस्या सिर्जना हुने सम्भावना हुन्थ्यो । आधुनिक प्रविधिअन्तर्गत गमलामा तरकारी खेती गर्दा यस्तो समस्या रहँदैन । पीपीसी अथवा पोली ब्याग वा गमलामा नरिवलको जटाको धूलो (कोकोपिट) राखिन्छ । बिरुवालाई आवश्यक कम्पोस्ट मल तथा पोटासहरू हालेर बिरुवा सार्न सकिन्छ । यो नयाँ विधिले खेती गरे बिरुवा बढ्न सहयोग पुग्छ । कोकोपिट आफैमा खुकुलो चीज भएकाले यसले जराको वृद्धिमा सहयोग गर्छ ।

कौसी खेती गर्ने तरिका

गमलामा कोकोपिट र मलखाद मिसाएर तरकारीको बिरुवा रोप्ने । एकपटक प्रयोग गरिएको कोकोपिटलाई तीन–चार पटकसम्म प्रयोग गर्न सकिन्छ । यसो गर्दा झार नउम्रिने र थोरै पानीमा पनि चिस्यान कायम रहने हुँदा तरकारी खेती सप्रन्छ ।

के–के लगाउन सकिन्छ ?

धनियाँ, साग, गोलभेंडा, भान्टा, प्याज, लसुन, खुर्सानी, सिमी, भेंडेखुर्सानी आदि कौसीमै फलाउन सकिन्छ । गमलामा तरकारी लगाएर भान्साका लागि चाहिने कम्तीमा ४० प्रतिशत तरकारी घरमै फल्छ । दैनिक प्रयोगमा आउने धनियाँ बार्‍है महिना कौसीमा फलाउन सकिन्छ । त्यसैगरी सागजन्य सबै चीज कौसीमा रोप्न सकिन्छ । पाकचोय (चाइनिज साग) रायोको साग, मुलाको साग, तोरीको साग आदि साग कौसीमै उमार्न सकिन्छ । अलि ठूलो खालको प्लान्टर ब्यागमा घिरौला, फर्सी काँक्रा, करेलासमेत फलाउन सकिन्छ ।

कौसी खेतीका लागि खर्च

एउटा गमलाको ५० देखि ३ सय रुपैयाँसम्म पर्छ । प्लान्टर ब्यागमा रोपिने तरकारीको बिरुवालाई २० रुपैयाँदेखि २५ रुपैयाँसम्म पर्छ । त्यसमा मलखाद र बिरुवाका लागि थप ५० देखि १ सय रुपैयाँसम्म खर्च हुन्छ ।

गमलाका लागि उचित ठाउँ

तरकारी रोपेको गमला घरको जुनसुकै ठाउँमा राख्न सकिन्छ । यसका लागि सूर्यको किरण पुग्ने जुनसुकै ठाउँ पनि उपयुक्त हुन्छ । स्वस्थ र विषादीरहित तरकारी आफ्नै घरमा फलाउन सके तरकारीमा विषादीको उपयोग कम हुन्छ । सानो प्रयासले घरको सौन्दर्य वृद्धि हुनुका साथै परिवारको स्वास्थ्य पनि राम्रो हुन्छ ।

 Image