Successfully Copied

महिनावारीमा प्याडको विकल्पमा कप

विज्ञहरूका अनुसार महिनावारी प्याडको विकल्पमा कप उपयुक्त हुन्छ । प्याडको प्रयोगले महिलाको स्वास्थ्यमा असर पार्न सक्छ । प्याड प्रत्येक चार घन्टामा फेर्नुपर्छ, महिलामैत्री शौचालय नहुँदा प्याडको प्रयोग सहज छैन ।

महिनावारीको समयमा कपडा तथा प्याडको प्रयोग धेरैले गर्छन् । अहिले महिनावारीको समयमा प्रयोग गर्न सकिने कप पनि बजारमा आएको छ । परिवार नियोजन तथा मातृ स्वास्थ्यमा काम गर्ने संस्था मेरी स्टोप्सले प्याडको विकल्पमा प्रयोग गर्न मिल्ने महिनावारी कप (मिन्सट्रुअल कप) ल्याएको हो ।

विज्ञहरूका अनुसार महिनावारी प्याडको विकल्पमा कप उपयुक्त हुन्छ । प्याडको प्रयोगले महिलाको स्वास्थ्यमा असर पार्न सक्छ । प्याड प्रत्येक चार घन्टामा फेर्नुपर्छ, महिलामैत्री शौचालय नहुँदा प्याडको प्रयोग सहज छैन ।

मेरी स्टोप्सका अनुसार महिनावारी कप एक पटक किनेपछि दस वर्षसम्म प्रयोग गर्न मिल्छ । त्यसैले प्याडको तुलनामा कप सस्तो पर्न आउँछ । यसको मूल्य २ हजार रुपियाँ छ । आकार र तौलको हिसाबले सानो भएकाले क्यारी गर्न पनि सहज हुन्छ । यो मेडिकल सिलिकनले बनेको हुँदा स्वास्थ्यमैत्री छ ।

 Image